एमालेको शुभकामना तथा चियापान कार्यक्रम कार्तिक २४ मा हुने


नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको चियापान तथा शुभकामना कार्यक्रम यहि कार्तिक २४ गते शुक्रवार दिँउसो १ वजे पार्टी कार्यलय दमौलीमा हुने भएको छ ।

समाजिक सद्भाव, संस्कृतिको जगेर्ना, मित्रता र आपसी भाईचारा कायम गर्न नेपालीहरुको महान चाड शुभदिपावली, छठ तथा नेपाल सम्वत्को अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रम गर्न लागिएको एमाले तनहुँको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
पार्टीका सम्पुर्ण जनसंगठन, शुभेच्छुक संस्था, निकाय र कमिटीको सम्पुर्ण सदस्यहरु सहभागी हुने चियापान तथा शुभकामना कार्यक्रममा जिल्लाका राजनैतिक दल, सामाजिक संघसंस्था र सरकारी निकायलई समेत निमन्त्रणा गरिएको पार्टीले जनाएको ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.