“मत हजुर गाम्लेँ, कोहीले भन्छन् घासे मलाई, कोहीले भन्छन् नाम्ले, कहिले सुख पाउने होला यही गोठाले कामले ।” शंकर पन्तले यी हरफमा उल्लेख गरे झैँ मस्र्याङ्दी गाउँपालिका वडा नंं ९ घर भइ करिब ७ वर्षदेखि बेँसीसहर नगरपालिका वडा नंं ८ शेराबजारस्थित सडक पेटीमा बस्दै आउनु भएका २५ वर्षीय राजेश थापाको जीवनमा यस्तै भइरहेको छ । उहाँले कहिल्यै सुखको जीवन महसुस गर्न पाएको छैन । रोक, भोकसँगै खुल्ला आकाशमुखी जीवन बिताउन बाध्य हुँदै आएको छ । घर बनाउने काम गरेर सहज रुपमा जीवन चलाउँदै आएपनि करिब ७ वर्षदेखि पिसाब चुहिने समस्या हुन थालेपछि उपचार गर्न नसक्दा र कसैको साहारा नपाउँदा खुल्ला आकाश मुनी जीवन बिताउन बाध्य भइरहेको छ थापा ।
घर बनाउने काम गर्दै आउनु भएका थापालाई विसं. २०७३ मा बेँसीसहर नगरपालिका वडा नं.८ सेराबजारमा ८÷९ जनाको समूहका युवाहरुले मरनसन्न हुने गरेर पिटेपछि पिसाब चुहिने समस्या र काम गर्न नसक्ने भएसँगै आफ्नो अवस्था यस्तो भएको उहाँको भनाई छ । पिसाब चुहिने रोगको उपचार गर्न धेरै पैसा लाग्ने र आफन्त कसैले नहेरेका कारण उपचार गर्न नसक्दा सडक पेटीमै जीवन विताउन बाध्य भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, हालको राइनास नगरपालिकामा रहेको बोराङखोलाको साइलीटार स्कुलमा प्लष्टर गर्ने काम सकेर तत्कालिन ठेकेदार कमल गुरुङसँग एकमुष्ट ९० हजार रुपैयाँ आफूले काम गरे बापतको रकम बुझेर ल्याएपनि त्यहि पैसा लुट्न ती युवाहरुले आफैलाई पिटेपछि त्यो पैसा पाएपछि विवाह गरेर बस्ने सपना पनि अधुरै रह्यो । मरनसरन हुने गरी पिटेर पनि उनीहरुले उनीहरुकै एक गाडीमा राखेर मलाई लमजुङ र तनहुँको सिमना रहेको पाउँदी खोलाको किनारमा लगेर फ्याकेर छाडेर भागेछ । उ
हाँले भन्नुभयो, मेरो साथमा रहेको सबै पैसा लुटेर लगिसकेको रहेछ । भोलिपल्ट उज्यालो भएपछि त्यहाँको प्रहरीले देखेछ । अनि मेरो परिचय खोज्ने क्रममा प्रहरीले जानकारी पाएछ अनि मेरो माइला मामा पोखरामा आर्मीको सुक्दार हुनुहुन्थ्यो उहाँले खबर पाए लगत्तै आएर उद्धार गरी बेँसीसहरस्थित बेँसीसहर अस्पतालमा उपचारका लागि ल्याएको रहेछ तर यहाँ सम्भव नहुने भनेपछि पोखरामै आर्मी क्यापभित्रै लगेर आफूलाई उपचार गरेको उहाँको भनाई छ । त्यहाँ करिब एक महिना उपचार गरेपछि अलिअलि बोल्न, हिड्न सक्ने भए । उहाँले भन्नुभयो, त्यहाँ उपचार गर्न धेरै पैसा लाग्ने बताएपछि पैसा नभएका कारण उपचार नगरी अनि मामाले त्यहाँबाट आफ्नै घरमा लगेर करिब २ महिना राख्नुभयो । तर मामा घरमा कत्तिन्जेल बस्ने भनेर त्यहाँ बस्न मन लागेन अनि म बेँसीसहर आए, आएदेखि सडकमै बस्दै आएको छु उहाँले भन्नुभयो ।
खानाकै लागि र प्यामपास किन्नकै लागि दैनिक अरुसँग रोएर पैसा माग्ने गरेको र कतिपयले आफै पनि पैसा दिने गरेको उहाँले दुख सुनाउनुभयो । कयौ पटक भोकभोकै पनि बसेको उहाँको भनाई छ । पिसाब चुहिने समस्याले दैनिक पटक पटक प्यामपास फेर्नुपर्ने र २ सय रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो । उहाँले अहिले पैसा माग्नु बाहेक आफूले सकेको अरुको सामान पु¥याएर पनि पैसा कमाउने गरेको बताउनुभयो । शारिरिक कमजोरी छु धेरै गरुङगो सामग्री बोक्न सक्दिन तर बाध्यताले पनि गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो मैले कस्तो सोचेको थिए, अहिले यस्तो अवस्थामा जीवन गुजार्नु परेको छ । आफूसँगै काम गरेर हिड्ने साथीभाईहरु ठेकेदार मिस्थिरी भइसकेको छ ।
म पनि ठेकेदार भइसक्थ्ये उहाँले भन्नुभयो । पिसाब चुहिने समस्याको उपचार गर्न सम्भव रहेको र धेरै पैसा लाग्ने भएकाले उपचार गर्न नसक्दा यसरी वर्षौदेखि जीवन बिताउन बाध्य भइरहेको उहाँको भनाई छ । कुनै ब्यत्ति, संघसंस्था वा सरकारबाट सहयोग पाएमा मेरो रोग निको हुन्थ्यो होला, अनि पहिलाको जसरी काम गरेर हिड्न सक्थे उहाँले भन्नुभयो । मैले पहिलाको सबै काम भुलेको छैन उपचार पाए काम गर्न सक्छु । मेरो परिवारको अवस्था कमजोर र बाबुले वास्ता नगर्ने र आफू डेढ वर्षको हुँदा आमा अरुसँग पोइला गएपछि सानोमा मामा घरमा बसेर हुर्किएको उहाँले बताउनुभयो । उहाँको कान्छी आमापटिको एक जना बहिनी र दुई जना भाई रहेको बताउनुभयो ।
उहाँले आफन्त भएपनि कसैले वास्ता नगर्दा यसरी जीवत बिताउनु पर्दा धेरै दुख लागिरहेको बताउनुभयो । अहिलेसम्म मेरो नागरिकता पनि बनेको छैन । नेपाली चलचित्र बलिदानमा रहेको गीत गरिबको चमेली बोलदिने कोही भएन भने झै मेरो लागि बोल्दिने पनि कोही भएन भन्दै उहाँले दुख पोख्नुभयो । कसैले सहयोग गरेर उपचार गर्न पाए र निको हुन पाएमा जीवन बदल्न सक्ने थिए भन्दै उहाँले दुख भनेको धेरै भोगे बुझे, दैनिक कष्टकरमा जीवन गुग्रिरहेको बताउनुभयो । त्यति बेला प्रहरीले नभटेको भए मेरो ज्यान गइसक्थ्यो होला, ढुक्क हुन्थ्यो यस्तो दुख त झेल्नु पर्दैन थियो । यतिबेला स्वास्थ्यमा थप समस्या भएपछि केहीदिन अघिदेखि थापाको लमजुङ अस्पतालमा उपचार भइरहेको छ ।








