तनहुँमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु, मादीनदी किनारमा मृत अवस्थामा किशोर फेला

तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सोले रहमा पौडी खेल्ने क्रममा शनिवार दिउँसो दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपिालका–६ बागे बस्ने २० वर्षीय विनोद गुरुङ र सोही वडाको तिलाहार बस्ने २० वर्षीय हिरा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेका दुवै जनालाई बन्दीपुर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहन खड्काले जानकारी दिए । दुवै जनाको शव पोष्टमार्टमका लागि दमौली अस्पताल ल्याइएको छ ।

यसैबिच मादीनदी किनारमा शनिबार एक वालक मृत भेटिएका छन् । व्यास नगरपालिका–३ व्यासझुला झोलुङ्गे पुलमूनि बालकको शव फेला परेको हो । अन्दाजी १२÷१४ बर्ष उमेर देखिने बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

अन्दाजी ४ फिट उचाई, ३० किलोग्राम तौल भएका ती बालकलाई नदीले बगाएको हुन सक्ने उनले बताए । बालकको शव अहिले दमौली अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ । स्थानीयले मृत अवस्थामा बालकको शव देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए । घट्नास्थलमा पुगेको प्रहरी टोली स्थलगत मुचुल्का तयार गरी शव उठाएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.