गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजीत रक्तदानमा १८ प्रिन्ट रगत संकलन

गणतन्त्र दिवस २०८१ को अवसरमा सोमवार खुला रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखा, व्यास नगरपालिका र स्वास्थ्य कार्यालय तनहुँको संयुक्त आयोजनामा व्यास ३ अनसन चौतारीमा भएको रक्तदानमा १८ प्रिन्ट रगत संकलन भएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्रमुख रक्तदाता नेकपा एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकाललाई व्लड व्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको उद्घाटन गरे । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले गणतन्त्रको संस्थागतको लागि देशको समृद्धि र सुशासनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शहिद र जनताको संघर्षबाट जनताको छोरो देशकै प्रमुख पदमा पुग्नको लागि विभिन्न व्यक्तिले योगदान दिएको बताए ।

नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखा सभापति प्राडा कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उनले २०८१ को गणतन्त्र दिवस मनाउने अभियान अन्तर्गत रेडक्रसको नेतृत्वमा रक्तदान कार्यक्रम गरिएको बताए ।

रक्तदानमा विभिन्न राजनीतिक दलको प्रतिनिधि, स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका मन्त्री सुर्यचन्द्र हड्खलेले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.