दमौलीमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया

तनहुँ

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । न्युनतम पारिक्षमिक निर्धारण समिति काठमाडौं, नेपालको आयोजनामा एवं नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संमन्वयमा मंगलबार दमौलीमा कार्यक्रम गरिएको हो । न्युनतम पारिक्षमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले समितिलाई कहिले खारेजी र कहिले न्यून बजेटका कारण सोचेअनुरूप काम गर्न नसकिएको बताईन् । नयाँ प्रविधिको कारण पनि पछिल्लो समय पत्रकारिता क्षेत्र धारासायी बनेको उनको भनाई छ । त्यस्तै आवश्यकता भन्दा धेरै मिडिया सञ्चालन हुँदा समेत मिडिया सञ्चालन कठिन बनेको उनको बुझाई छ ।

पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उनले सरकारी सञ्चारमाध्यमले स्ट्रिञ्जर रिर्पोटरको बाहानामा श्रम शोषण गरेको बताए ।

न्युनतम पारिक्षमिक निर्धारण समितिका बोर्ड सदस्य शान्ता अधिकारीले ३० वर्ष अगाडि बढेको ऐनमा टेकेर बस्नुपर्ने अवस्था आएको बताइन् । पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको कारण झनै समस्या बढेको अधिकारीको भनाई थियो ।

प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ तनहुँ शाखाका संस्थापक अध्यक्ष विश्व बन्धु भण्डारीले प्रिन्ट मिडिया हार्ड कपि लिएर हेर्ने क्रम निकै कम भएको बताए । डिजिटल माध्यमका कारण सञ्चार माध्यमको अवस्था पछिल्लो समय झनै धारासायी बनेको भण्डारीको भनाई थियो ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पुर्व अध्यक्ष ओमकार आचार्यले न्युनतम पारिश्रमिक निर्धारण समिति गठन भएको लामो समय सम्म पनि पत्रकारको समस्या उस्तै रहेको बताए । कार्यक्रममा प्रेस युनियन तनहुँका निवर्तमान अध्यक्ष अमरराज नहर्की, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सानेबहादुर नेपाली, शंकरराज नहर्की, रिर्पोटर्स क्लव गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले, प्रेस युनियन तनहुँका उपाध्यक्ष पुर्ण विके, सञ्चारिका समुह तनहुँकी अध्यक्ष सम्झना रसाइली, पत्रकार महासंघ तनहुँ शाखा कार्यसमिति सदस्य विकास खनाल, श्रीहरी पौडेल लगायत लगायतले कार्यक्रममा राखेको जिज्ञासा अध्यक्ष खड्काले समाधान गरेकी थिईन् । नेपाल पत्रकार महासंघ तनहुँकी कोषाध्यक्ष विमला दुवाडीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव प्रताप रानाले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.