उत्पादनको वजारीकरणमा ध्यान दिन सुझाव
म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष ०८०।०८१ को तेश्रो सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । म्याग्दे गााँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले आर्थिक वर्ष भर भएको कार्यसम्पादनको विषयमा जनतालाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुले पालिकाले गरेको काम कारवाहीका वारेमा धारणा मागेका थिए भने विकास निर्माणमा सन्तुलित नभएको वताए । कृषिमा अनुदान वाट वितरण भएको कृषि औजारको मर्मत सम्भारका लागी उचित व्यवस्थापन गर्न नसक्दा खर्चिलो अवस्था आएको वताएको थिए । पालिकामा आधिकारिक रुपमा दर्ता गरेर व्यवसाय गरेको तर त्यसवाट केही पनि प्रतिफल नभएको स्थानीयले गुनासो गरे ।

कृषिमा आत्मनिर्भर वन्न का लागी कृषि कर्म गरेता पनि सहज वजारीकरण नभएको हुदाँ निरन्तरता दिन नसकिने स्थानिय कृषक सोम वहादुरले वताए । लगानी र मेहनत धेरै हुने तर विक्रीमा मुल्य नहुने आम कृषकको समस्या हो, यसले गर्दा कृषकहरु विस्थापित हुने अवस्थामा आईपुगेको हुदाँ पालिकाले कृषकको समस्या वुझनुपर्ने धारणा राखे ।
स्थानिय युवाहरु देशमा रोजगारी सिर्जना नहुँदा भयाभह अवस्थाको सिर्जना भएको हुदाँ युवालाई देशमा नै काम गर्नुपर्ने वातावरण वनाउन पालिकाले भुमिका खेल्नुपर्ने यम थापाले वताए । पालिका सवैको अपनत्व गर्ने गरि काम गर्न सुझाव दिए ।

विकास निर्माणमा भेदभाव भएको हुदाँ आवश्यकताका आधारमा विकास निर्माणमा ध्यान दिनुपर्ने अर्का सहभागी सीता विकले वताए ।
पालिका भित्रका कुनै पनि कार्यलय तथा विद्यालयहरुमा अपाङ्गतामैत्री शौचालय नहुँदा अपाङ्गताभएका विद्यार्थी र जनतालाई असहज भएको स्थानीय अगुवाले वताईन । सवैको समान पहुँचका लागी अपाङ्गतामैत्री वातावरण अवको आवश्यकता भएकोले पालिकाले त्यसमा ध्यान दिनुपर्ने वताए ।
पालिकामा डम्पिङ्ग साईड वनेता पनि फोहरको गाडी नआईदिदाँ समस्या परेको स्थानिय उमा थापाले वताईन ।
वडामा सहज विकास निर्माण नहुँदा अझै पनि जनताहरु झोलुङ्गे पुलमा जोखिमका साथ हिड्नुपरेको वताए ।

सहभागीहरुले राखेका जिज्ञासा र समस्याका वारेमा पालिका सदैव सकारात्मक भएको हुदाँ वजेटको सिमितताका कारण भएका योजनाहरु पनि कटौती गर्नुपर्ने वाध्यता भएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । चाहना र आवश्यकताका विचमा तादात्म्यता मिलाउन नसक्दा चाहेर पनि जनताको न्युनतम आवश्यकतालाई समयमा नै पुरा गर्न सकेका छैनौ । पालिका र जनताप्रति सदैव साथ रहेको हुदाँ सकारात्मक सोचका साथ सहयोग गर्न अध्यक्ष श्रेष्ठले अपेक्षा गरे । जनताको हित र पालिकाको विकास निर्माण वाहेक आफनो कुनै पनि स्वार्थ नभएको हुदाँ कुनै पनि कर्मचारीले अनुचुति लाभ लिन कोशिश गरेको भए जानकारी गराउन समेत अध्यक्ष श्रेष्ठ ध्यानाकर्षण गरे । पालिकामा धेरै सकारात्मक काम भएता पनि नकारात्मक धारणाले प्रशय पाएको उनको दावी थियो । पालिकाले गरेको कामको अन्य पालिका र देशभरि नै चर्चा भएता पनि पालिकाको विकास र समृद्धमा सवैको साथ र सहयोगले मात्र समृद्ध म्याग्दे वनाउन सकिने श्रेष्ठले वताए ।

त्यस्तै कार्यक्रममा उपाध्यक्ष वालकृष्ण घिमिरेले पालिकाले विस्तारै जनताको आवश्यकता पुरा गर्दे जाने वताए । बिकास निर्माण र योजनामा गुणस्तरीय काम गर्न लागिपरेको हुदाँ त्यसमा सवैले सहयोग गर्नुपर्ने उपाध्यक्षको धारणा रहेको थियो ।

त्यसैगरि कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले आर्थिक वर्ष ०८०।०८१ मा सम्पादन भएको काम कारवाहीको वारेमा जनतालाई सुसुचित गराएका थिए ।




