तिनखोलेदेवी  मोटर मार्गका लागि १ करोड बजेट  

तनहुँ


तिनखोलेदेवी  मोटर मार्गका लागि  संघीय सरकारले १ करोड बजेट विनियोजन गरेको छ । प्रसिद्व धार्मिकस्थल तिनखोले दवी मन्दिर सम्म पुग्ने  सो बाटो तिन दशक अघि देखि ट्याक खुलेपनि स्तरीकरण हुन सकेको थिएन  । सडक स्तरीकरणका लागि संघीय सरकारबाट सो बजेट विनियोजन भएको हो ।

सो सडकका  केही स्थनामा संघ, प्रदेश स्थानीय सररकारको पहलमा  गएका बर्षहरुमा स्तरीकरण भएपनि  पुरा रुपमा  सडक स्तरीकरण हुन सकेको थिएन ।  तनहुँको खैरेनीटार बजार देखी  तिनखोले देवी मन्दिर सम्म जाने ७.५ किमि  लामो रहेको सो सडकमा यो बजेटबाट खैरेनीटार बजारबाट नै बाटो स्तरीकरणको काम हुने  शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बुद्वी बहादुर थापाले बताए ।  

सो राजमार्ग स्तरीकरण हुदाँ शुक्ला गण्डकी नगरपालिकाका २,३ र ६  वडा म्याग्दे  गाउँपालिकाको वडा नंं ६का बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष थापाले बताए ।  सो मार्गबाट तनहुँको पर्यटकीय स्थल  तिनखोले देवी मन्दिर  र झाँगाझोली जान सकिन्छ । सडक स्तरीकरणसँगै सो क्षेत्रको पर्यटन प्रर्वद्वनमा समेत टेवा पुग्ने वडा  अध्यक्ष थापाले बताए ।

सो सडक स्तरीकरणका लागि सरकारले प्राथामिकता राखेर बजेट विनियोजन गर्नु  सकरात्मक कुरा भएको शूक्लागण्डकी ६ मा रहेको  पर्यटकीय स्थल झागाझोलीका प्रर्वदक शंकर  प्रसाद अधिकारीले बताए । 

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.