भानुका मृगौला पिडित अछामीलाई नेकपा (एमाले) भानु नगर कमिटिको आर्थिक सहयोग

असार ४ भानु । दुवै मृगौलाले काम नगरेको अवस्थामा उपचार गर्दै आएका तनहुँको भानु नगरपालिका वडा नं २ का राजेश‌ मजकोटीको उपचारको लागी नेकपा (एमाले) भानु नगर कमिटिको सक्रियतामा आर्थिक सहयोग प्रदान गरिएको छ । भानु नगरपालिका वडा नं २ घर भई अमेरिकामा बस्ने केशवराज लोहनीको सक्रियतामा ६० जना नेपालीबाट संकलन भएको ३ लाख १८ हजार २ सय ५० रुपैयाँ र भानु नगर कमिटिको संकलनमा रु ३१ हजार ५ सय १५ समेत गरि ३ लाख ४९ हजार ७ सय ६५ रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको नेकपा एमाले भानु नगर कमिटी अध्यक्ष शंकर रानाभाटले जानकारी दिए।

उक्त रकम मृगौला पीडित राजेशकी श्रीमती सरिता मझकोटीलाई हस्तान्तरण गरिएको हो । नेकपा एमाले भानु नगर कमिटी अध्यक्ष शंकर‌ रानाभाटले लोहनी संग पहल गरी उनले अमेरिका बसोबास गर्दै आएका नेपालीहरु संग आर्थिक संकलन गरेको जानकारी दिए । ३९ बर्षिया राजेश मझकोटी २ बर्षदेखि दुवै मृगौला फेल भएर उपचार गराइरहेका छन् । उनी दमौलीस्थित अस्प्तालमा डाइलसिस गराइरहेकी छन् । ‘काठमाडौंका पोखरा र चितवनका अधिकांश अस्पताल चहारें । पैसा सकियो रोग निको भएन’ उनले भनिन्, ‘सहयोग पाए उपचार गरेर बाँच्ने ठूलो रहर छ ।’

सरकारले मृगौला पीडितको डायलिसिस गर्दा शुल्क नलाग्ने भनेपनि महंगोमा इन्जेक्सन र औषधी किन्नुपरेको उनको‌ भनाई छ  । ‘सरकारले नि:शुल्क डायलसिस हुन्छ भनेको छ । औषधि र इन्जेक्सन किन्दा हप्तामा ४ हजार बढी खर्च हुने गरेको छ’ उनले भनिन् । पत्नी सरिताले परिवारमा आम्दानीको कुनै स्रोत नभएकाले डायलसिस गर्न पनि गाह्रो परेको बताईन। सबैबाट सहयोग पाएमा पत्निलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेको उनले बताईन ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.