प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले धरपकड गर्दै जबर्जस्ती पक्राउ गर्न खोजेको घटनाप्रति प्रेस चौतारी नेपाल, तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोबाट आएको भन्दै सादा पोशाकका प्रहरीहरुले आज अपरान्ह ४ बजेको समयमा संगठनको कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थल होटल हार्दिक, बागबजार पुगी अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए । तर, चौतारीका पदाधिकारी, सदस्य तथा उपस्थित पत्रकारहरूले सामूहिक रूपमा प्रतिवाद गरेपछि प्रहरी टोली फर्किन बाध्य बनेको थियो ।
सम्प्रेषित समाचारप्रति परेका उजुरी वा गुनासोको सम्बोधन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिने कानुनी व्यवस्था रहेको थाहा हुँदाहुँदै पनि प्रेस काउन्सिलको क्षेत्राधिकार मिच्ने गरी प्रहरीले सुनियोजित रुपमा अपराधी झैं पक्राउ गर्न खोज्दा प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ ।
स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन भएको यस घटनाको निन्दा र भत्र्सना गर्दै आगामी दिनमा यस्ता हर्कत नदोहो¥याउन हामी चेतावनी दिन्छौँ । घटनाको सम्बन्धमा शीघ्र छानविन गर्न पनि माग गर्दछौँ । प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराउँदै यस्ता काम पुनः दोहोरिए त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवारी स्वयं सम्बन्धित निकायले लिनुपर्ने पनि समयमै सचेत हुनुपर्ने प्रेस चौतारी नेपाल, तनहुँ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ (बिबि) द्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।








