गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले आफनो भविश्व खोज्न विदेशिनुपर्ने देशका लागी घातक भएका वताएका छन् । देशले योग्य जनशक्ति वनाउने तर देशलाई योगदान दिने वेलामा विदेशिनुले देशको अवस्था गम्भिर भएका वताए । तमु ल्होसारको अवसरमा तनहुँको दमौलीमा गुरुङ समुदायले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले सो कुरा वताएका हुन् ।
देश सम्पन्न हुनका लागी रेमिटेन्स होईन, दक्ष र योग्य कामदार देशमा नै रहने वातावरण वनाउने हो । कुनै पनि देश विदेशी सहयोग र रेमिटयान्सले वन्न नसक्ने हुदाँ देशमा नै वस्ने वातावरण वनाउनुपर्ने मन्त्री गुरुङको भनाई थियो ।

हिजोको पुस्ताले लोकतन्त्रका लागी जेलनेल भोगे, आजको दिनमा अवको पुस्ताले त्यो भोग्नु परेको छैन । महिलाको आज परिचय फेरिएको छ । देशमा जनजाति, अल्पसंख्यक, महिलाको अधिकार सुनिश्चित गरेको हुदाँ नेपालमा नै अत्याधिक प्रचुर सम्भावना भएको वताए । हिजो दलितहरुले दाश्रो दर्जाको नागरिकको अनुभुति थियो । आज सवैमा समान अधिकार छ, त्यसैले गर्दा अधिकार र सम्भावना देशमा नै खोजेर देश विकासमा लाग्न अनुरोध गरे ।

कृषि र प्राकृतिकले अनुपम उपहार दिएता पनि त्यसलाई प्रयोग गर्न नसक्दा देश आत्मनिर्भर वन्न सकेन । अव देशमा रहेको विश्वविद्यालयले देशमा भएको सम्भावनको शिक्षा दिन पर्दछ । राजनिती फोहरी मान्छेले खेल्छ भन्ने सोचले गर्दा हामी पछाडी परेका छौ । यो हटाउनु अवको आवश्यकता हो । राजनैतिक विकृत्तिको खेल नभई राज्य वनाउने विज्ञान भएको हुदाँ राजनितीमा सक्षम व्यक्ति आउनुपर्ने मन्त्री गुरुङले वताए ।








