नेपाल उत्पीडित जातिय मुक्ति समाज व्यास नगर समितीको दोश्रो अधिवेशन माघ ४ मा


नेपाल उत्पीडित जातिय मुक्ति समाज व्यास नगर समितीको दोश्रो अधिवेशन यहि माघ ४ गते हुने भएको छ । व्यास नगर तदर्थ समितीको आयोजनामा हुने दोश्रो अधिवेशनको नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर वि. पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मुक्ति समाजका केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्ज मोहन विकले वताए ।


जातिय छुवाछुतको पुर्ण अन्त्य, समतामुलक समाज निर्माण हाम्रो लक्ष्य भन्ने मुल नाराको साथ शुरु हुन लागेको अधिवेशन दमौली सभा हलमा हुने संयोजक गोविन्द सुनारले जानकारी दिए । उक्त अधिवेशनमा सम्पुर्ण दलित समुदायलाई उपस्थितीका लागी अपिल समेत गरेको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.