आफै भित्र ……

विवि श्रेष्ठ


सामिप्यताको पनि परिधि हुने रहेछ । सामिप्यता अन्तरआत्मा सँग जोडिएको हुन्छ । त्यहि अन्तरआत्मामा अनुभुतित पलहरु भने साँच्चै जीवनका यथार्थ सँग जोडिएको हुँदो रहेछ । जसले जीवनभर छोईरहने ।
सोच्नै नसक्ने पलहरु जव जीवनमा आत्मासात गर्नुपर्ने अवस्था आयो । तव विश्वासको जग नै भाचियो, कहिल्यै पनि उठ्न नसक्ने गरि । विश्वासको जग भाचिएर यसको अस्तित्व पुर्ण समाप्त हुने भए पनि हुने नि तर नहुने रहेछ । त्यहि नसकिने र नमासिने याद र पलहरु भने जीवनका लागी घातक वन्ने रहेछ, जसले जीवन नै वन्धक वन्ने रहेछ । सायद यहि नै जीवन होला ।
दृष्टिकोणमा नै धेरै असमानता रहेछ, तर लाग्यो, समान छ । यहि दृष्टिकोणमा अडिदाँ भोगाईको पीडा पनि त असमानत छ । भोगाईको यथार्थमा टेकिनु पनि गाहे । सधै अस्तित्वको खोजीमा अगाडी वढेका सोचहरु अव भने अस्तित्व नै लुकाउने ठाँउमा पुगेको छ । परिचय कर्मले वन्ने सोचहरु धुमिल वनेको छ ।
जीवन सधै हेर्ने दृृष्टिकोणमा अल्झिरह्यो । सायद मानव जीवन यहि परिभाषा भित्र गुज्रिरहेको छ । अनुकुलतामा सफल ठान्ने र प्रतिकुलतामा असलफल ठान्ने सोचले ग्रसित मानसिकता भने सधै रहिरह्यो । समय सँग सोचको विविधता हुने कुरा जवसम्म तत्ववोध हुदैन, तवसम्म मन र मस्तिष्कमा हुण्डिरी चलिरहने रहेछ ।
लाखौ पटक उहि वाटो, कुनै दिन कुनै पनि पल कु्नै पाईला समान धरातलमा टेकिए कि टेकिएनन होला ?
सृष्टिको निरन्तरतामा हिड्नु पर्ने सजिव प्राणीहरु कतिलाई हेक्का होला कि नहोला ? यो हेक्का भित्र अहंमताको पहाडले थिच्यो कि थिचेन होला ? सोचको विशिष्टतालाई मस्तिष्कमा राखेर निरन्तरताको जीवन खोज्नु पनि मुर्खता रहेछ । त्यहि मुर्खता भित्र पुथकता खोज्ने दुश्साहस गर्देछु । झट्ट हेर्दा समान देखिएता पनि कुनै पनि विषय र वस्तु कहिल्यै पनि समान नहुने रहेछ । तर यसको वोध कमैलाई मात्र हुने रहेछ । अनुकुलतामा मात्र खोज्नेहरुले समान्य प्रतिकुलता पनि झेल्न नसक्ने रहेछ ।

लाखौ पटक उहि वाटो, कुनै दिन कुनै पनि पल कु्नै पाईला समान धरातलमा टेकिए कि टेकिएनन होला ? साँच्चै हिजोको मेरो जीवन प्रतिको सोच र आजको जीवन प्रतिको सोचमा कति भिन्नता आयो ? अर्थपुर्ण तराजुमा तौलदै छु ।


साँच्चै सोच र आत्मा एकाकार हुन्छ कि हुदैन होला ? यो सम्भव होला कि नहोला ? यसमा व्यक्तिको सोच निहित होला कि नहोला ? नजिकै रहेको वृक्षमा रहेका पातहरुको प्रतिक्रिया पनि त समान रहेनछ, तर सारमा समान देखिने नयनहरु वेगल्ती भेटिने रहेछन ।
आत्मामा प्रकट हुने भावहरु सवैमा हुन्छ नै यद्यापी यसको अनुभुति भने सोच भने व्यक्ति विशेषमा फरक हुने रहेछ । प्रकृतिमा रहेको वृक्ष जसरी स्वतन्त्र छैन, त्यसै गरि यस धर्तिका सवै सजिव प्राणी कोही न कोहीको अधिनस्थ हुने रहेछ । भौतिकवादमा अडेको यो संसारका पात्रहरु जवसम्म सृष्टिको अनुपमतामा छिर्ने कोशिश गर्नै सक्दैनन, वास्तविक खुशी प्राप्त हुदैन । सुख र खुशीको वीचमा असमान अन्तर रहेको छ । तर सुख र खुशीमा एकरुपता देख्नेहरुको भीड भने उल्लेख्य रहेको छ ।
सुख र खुशी प्राप्त गर्ने अभिलाषामा विगत भुल्नुपर्ने वाध्यतामा रहेको जीवन अन्तरकुन्तरमा भने रहिरहने रहेछ । धर्तिमा रहेको असंख्या प्राणी मध्ये मानवजाती नै सवैभन्दा स्वार्थी प्राणी हो । त्यहि स्वार्थमा टेकेर गरिएका गतिविधि अन्तत्वगत्व आफनै जीवनका दुखका कारण वन्ने रहेछ ।
जीवनमा जव अर्थवोध हुन्छ, त्यसका प्राप्तिका लागी गरिने क्रियाकलापहरु अर्थवोधका लागी कति सार्थक पहल भए । त्यसको निर्मम समिक्षा आवश्यक छ । तर जव यसको आत्मानुभुति हुदैन, जीवन निरर्थक लाग्न लाग्दछ, निरर्थक जीवन भित्र सकारात्मक सोचको विकास हुन सकेन भने जीवनको अर्थ रहदैन । अन्तरकुन्तरमा भएका सोचहरु त्यसपछि क्रमश धुमिल हुदै जान्छन र सृष्टिको निरन्तरतामा रुपान्तरण हुन्छ, हामी सवैको भएको यहि रहेछ, सच्चाई पनि यहि रहेछ ।
उमेर सँगै ढल्दै गएका सोचहरु पनि ढल्ने रहेछ । रहर र सोच ढलेता पनि आत्माको अन्तरकुन्तरमा भने रहिरहने । त्यसको आभासलाई सहजीकरण गर्न सकेमा सफल, नसेकमा दुखका कारक, त्यहि कारक तत्वले सधै झक्झकाई दियो ।
साँच्चै सोचको निरन्तरतालाई आत्मासात गर्न सके, जीवन अर्थपुर्ण हुन्थ्यो कि ? लागेको कुरा मात्र सत्य हुन्छ भन्ने जकडिएको मानसिकता भित्र पनि कमजोरी हुन्छन भन्ने आत्मासात गर्न भने नसकिने । सवै असमान हुन्छ, त्यो सधै, सवै र प्रत्येक पलमा हुने रहेछ, निश्चिततामा मात्र असमान देख्ने परिपाठीले जीवन नै धलमल वनाई दियो ।
चर्चा र सफलताको शिखरमा अनेकौ पुगे, तर तिनीहरु सुखी मात्र भए कि खुशी पनि ? समयले नेटो काटेका हरेक जीवनमा विगत हेरेर पछुताउने भीडहरुको अनुभुति केही आत्मानुभुति भएता पनि त्यहि मार्गमा हिड्ने मेरा पाईलाहरु अविश्रान्त लागिरहेका छन् । लाग्नु र भोग्नुका वीचको तादात्म्यता पनि मिलाउन निकै कठिन । जानेका र वुझेका केही कुराहरु मात्र जीवनमा आत्मासात गर्न सकेको भए, जीवनका उत्तरार्धमा आफनै आत्माले धिकार्ने थिएनन होला ।
क्रान्तिकारिता र महत्वकांक्षाले गाँजेको यो जीवन सुर्धन तैयार छैन, किन कि घमण्डको पहाड कमजोर छैन । आत्मामा आएका जीवनका भावहरु कुल्चेर भएता पनि वाहिरी विशिष्टता हासिल गर्नुपर्ने सोचले ग्रसित छ ।
सोच वाध्यतामा कमजोर वन्दो रहेछ । भौतिक शरिर शारिरिक रुपमा । सपना र रहर भौतिक शरिर भन्दा पनि सोचको निहिततामा कमजोर वन्ने रहेछ । सोचको कुनै आयु हुदैन, तर यसका जनन्द्रियहरुका कारण यसको विलिन हुने रहेछ ।
साँच्चै हिजोको मेरो जीवन प्रतिको सोच र आजको जीवन प्रतिको सोचमा कति भिन्नता आयो ? अर्थपुर्ण तराजुमालाखौ पटक उहि वाटो, कुनै दिन कुनै पनि पल कु्नै पाईला समान धरातलमा टेकिए कि टेकिएनन होला ? साँच्चै हिजोको मेरो जीवन प्रतिको सोच र आजको जीवन प्रतिको सोचमा कति भिन्नता आयो ? अर्थपुर्ण तराजुमा तौलदै छु ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.