म्याग्दे गाँउपालिकाले दोश्रो चरणको एकीकृत घुम्ति शिविर पनि संचालन गर्ने भएको छ । असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने घुम्ति शिविर पालिकाका ५, ६ र ७ नं वडामा संचालन हुनेछ ।
घुम्ति शिविरमा वहिरङ्ग सेवा अन्तर्गत विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण हुनेछ । प्रयोगशाला सेवा अन्र्तगत रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ ।
यसैगरि महिला स्वास्थ्य सेवा अन्तर्गत महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुवैद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।
महिला तथा वालवालिका शाखा अन्तर्गत ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचय पत्र वितरण हुनेछ । कृषि शाखा अन्तर्गत विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्तर्गत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामी पशुको उपचार व्यवस्थापन, योजना शाखा अन्तर्गत उपभोक्ता सँग योजना संम्झौता हुनेछ ।
त्यस्तै पञ्जिकरण शाखा वाट जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता हुनेछ । प्रशासन शाखा वाट व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, विभिन्न सिफारिश हुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
असोज २ गते देखि असोज १० गते सम्म भएको पहिलो चरणको एकीकृत घुम्ति शिविर वडा नं १ देखि ४ नं वडाका विभिन्न स्थानमा संचालन गरिएको थियो ।








