दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने – भागवत भाष्कर पण्डित कमल नयन गौतमले आश्रमको शुभारम्भ गर्ने ।

व्यास नगरपालिका वडा नं ५, चापाघाटमा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने भएको छ । भागवत भाष्कर पण्डित कमल नयन गौतमले यहि १२ गते श्रीपंचमीको अवसर पारेर आश्रमको शुभारम्भ गर्नेछन् ।
शुभारम्भको अवसरमा आश्रमले विभिन्न क्षेत्रका वृद्धवृद्धालाई दिवाकालिन भोजन समेत गरिने र सोही दिनदेखि आश्रमको विधिवत संचालन गरिने संस्थाका अध्यक्ष विष्णु गौतमले वताए ।
भजन संकृतन समुह विशुद्ध मानवीय संस्था भएको हुदाँ वृद्धवुवा आमाको सम्मान आजको आवश्यकता हुदाँ सस्था सदैव वृद्धवृद्धाको सम्मानमा प्रतिवद्ध भएको अध्यक्ष गौतमले वताए । सवैभन्दा ठुलो धर्म नै मानव धर्म भएको हुदाँ संस्थाले वृद्धवृद्ध लक्षित कार्यक्रम गर्नेछ । संस्थाले वृद्धवृद्धलाई भजन किर्तन, खाने, वस्ने र रमाउने व्यवस्था गरेको हुदाँ अवको दिनमा अरु परिस्कृत रुपमा मानव सेवामा लाग्ने संस्थाले जनाएको छ । अव दैनिक रुपमा नै वृद्धवृद्धालाई आश्रममा ल्याएर उनिहरुलाई सहज वातावरणमा वस्ने र रमाउने वतावरण वनाईनेछ, अध्यक्ष गौतमले भने ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.