भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले भानुको घर पुन निर्माणको लागि पश्चिमाञ्चल विकास मञ्च, गण्डकी प्रदेश सरका तथा केन्द्र मार्फत समेत पहल गरी खण्डहर घरको पूननिर्माण आगामी एक वर्षभित्र निर्माण गर्न जोडबलका साथ लाग्ने वताएका छन् ।

नेपाली भाषाका एकिकरणकर्ता राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्यको भग्नावशेष भएको जन्मघर आजसम्म पनि बन्न नसक्दा आदिकवि भानुभक्त जन्मस्थल समिति र सिंगो भानु नगरपालिकालाई भग्नावशेष घरले गिज्याईरहेको छ ।
भानु नगरपालिका वडा नंम्बर ४ चुँदी रम्घा शिखर कटेरी धर्मशालामा भानु जन्मेको स्थानमा बिसं २०५७ सालमा भानुभक्तको जीवन कथामा आधारित नेपाली कथानक चलचित्र आदिकवि भानुभक्त बनाउने क्रममा उक्त घर बनेको थियो । चलचित्रका निर्देशक यादव खरेलको पहल र तत्कालिन भानुजन्मस्थल विकास समितिले उक्त घर बनाएको थियो ।

घर बनेसंगै चुँदीरम्घा शिखर कटेरी धर्मशाला पुग्ने सम्पूर्ण साहित्यकारहरु उक्त घरमा बसेर सुस्ताएर भानुलाई सम्झने गर्दथे तर २०६० सालमा जंगलमा लागेको आगोले भानुको घर खरानीको थुप्रोमा परिणत गरिदियो । उक्त घरको पुन निर्माणमा अहिलेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आजसम्म पनि घर बनाउन सकेको छैन् भने नत भानुकै नामबाट नामकरण गरिएको भानु नगरपालिकाले पनि घर बनाउन कुनै ठोस पहल कदमी समेत गरेको छैन् ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्य कारि निर्देशक शंकर रानाभाटले भानुभक्तको घर पश्चिमाञ्चल विकास मञ्चले बनाउने भनेको तर हालसम्म पनि नबनाएकोले यसै आर्थिक वर्षभित्र जन्मस्थल विकास समितिकै पहलमा घर बनाइने वताए ।









