बन्दीपुर गाउँपालिकाको ७ भाषामा १७ पर्यटकीय स्थलहरुको क्यु आर कोर्ड तयार

असार ९ तनहुँ । बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको जानकारी सहितको क्युआर कोर्ड नेपाली सहित विभिन्न ७ भाषामा तयार गरेको छ । उक्त पर्यटकिय गनतब्यको बारेमा अब गाउँपालिकाका विभिन्न स्थानमा क्यु आर कोर्ड स्क्यान गरी सजिलै पढ्न तथा सुन्न सकिने भएको छ । गाउँपालिकाले मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना विभिन्न भाषामा तयार गरेको हो ।

मंगलबार बन्दीपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा एक समारोहका बीच मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका हुन् । यहाँका पर्यटकीय गन्तव्यबारे प्रचार गर्ने र अझै बढी पर्यटक भित्राउने उपायअनुसार क्यूआर कोडको योजना सारिएको हो । ‘पर्यटकहरू जहाँ पुग्नुहुन्छ त्यहीँ नै क्यूआर कोड राखिन्छ, त्यसलाई स्क्यान गरेपछि पर्यटकहरूले सबै जानकारीसहितको विवरण मोबाइलमा पाउनुहुन्छ।

अब पर्यटकहरुले सहजै ती ठाउँहरुको इतिहास, महत्व, गरिमा लगायतका विषयमा जानकारी पाउनुहुन्छ’ गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउँछन् । अध्यक्ष थापाले बन्दीपुरको ४ सय वर्ष पुरानो इतिहास, कला संस्कृति, यहाँका प्राकृतिक सुन्दरता र स्वछन्दता पर्यटकहरुले हेर्न र बुझ्न पाउने बताए । गन्तव्यबारे जानकारीहरू नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल ९मिनी ग्रेटवाल०, विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.