साहित्यकार तेजविलासको नयाँ कृति ‘उत्प्रेक्षण’ सार्वजनिक


कुरिनटार । साहित्यकार तेजविलास अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक संग्रह’ सार्वजनिक भएको छ । शुक्रबार कुरिनटार स्थित प्रगती पाठशालाको सभाहलमा एक कार्यक्रमका बिच अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक संग्रह’ सार्वजनिक गरिएको हो ।

साहित्यकार एवं कवि कृष्णप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कृति विमोचन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सांसद कृष्णप्रसाद सिलवाल लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले एकसाथ कृतिको सार्वजनिक गरेको थियो ।

कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष एवं आँबुखैरेनी वाङमय परिषद्का अध्यक्ष अनिले श्रेष्ठले साहित्यकार तेजविलासका मुक्तकहरुले समाजका विकृति र वेथितिहरु माथि कलम चलाउदै समाजलाई प्रगतीशील बाटोमा लैजान मद्दत पुर्‍याएको विचार व्यक्त गरे ।

यसैगरी कार्यक्रममा समाजसेवी ध्रुवराज त्रिपाठी, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्मा, सामाजिक अभियन्ता सावित्री गुरुङ लगायतले प्रकाशित कृति बारे चर्चा गरेका थिए भने कार्यक्रममा ‘उत्प्रेक्षण–मुक्तक संग्रह’ माथि समिक्षात्मक धारणा राख्दै समालोचक सदर्शन कट्टेलले समाजको गतिलाई सहि ढंगले चित्रण गर्दै राजनीति, विकृती र विसंगतीको पाटोमा मुक्तककारको कलम कोरिएको विचार व्यक्त गरे ।

कार्यक्रममा लेखक तेजविलासले आफुले साहित्य क्षेत्रमा पाईला टेक्ने क्रममा उत्साह थप्ने अभिभावकहरु प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै कार्यक्रममा इच्छाकामना गाउँपालिकाका प्रवक्ता एवं वडा नं। ३ का वडाध्यक्ष नर बहादुर नेपाल, समाजसेवी एवं युवा नेतृ सावित्रा सिलवाल, वयोवृद्ध शैक्षिक व्यक्तित्व गोविन्दप्रसाद पौडेल, लेखकका पिता मधुविलास अधिकारी, समाजसेवी उषा त्रिपाठी, रामप्रसाद अधिकारी, रामकृष्ण पौडेल, रामप्रसाद रेग्मी, शिव पौडेल, राम थापा, प्रगती पाठशालाका प्रिन्सिपल टंकप्रसाद त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.