व्यास क्षेत्रमा सम्पन्न श्रीमद्भागवत ज्ञान महायज्ञमा ८ लाख ७४ हजार दान संकलन

तनहुँ

विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाको आयोजनामा कार्तिक १६ गतेदेखि २३ गतेसम्म भएको आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत ज्ञान महायजको आयव्याय सार्वजनिक गरिएको छ ।

शनिबार आयव्याय सार्वजनिक गर्दै विश्व हिन्दु महासंघको केन्द्रीय सदस्य एवं स्याङ्जा शाखा महासचिव पदम प्रसाद पाण्डेले महायज्ञमा कुल ८ लाख ७४ हजार २ सय ४८ रुपैयाँ दान संकलन भएको र ६ लाख ८९ हजार ८ सय ६० रुपैयाँ खर्च भएको जानकारी दिए । महायज्ञमा १ लाख ८४ हजार ३ सय ८८ रुपैयाँ बचत भएको पाण्डेको भनाई छ ।

विश्व हिन्दु महासघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रममा महायज्ञमा बचत भएको १ लाख ८४ हजार ३ सय ८८ रुपैया रकम मध्ये विश्व हिन्दु महासघ स्याङ्जाले वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय कार्य कार्यसमितिको अक्षयकोष संचालनका लागि १ लाख ५ हजार समेत सहयोग गरेको छ । त्यस्तै श्रीमद्भागवत ज्ञान महायज्ञबाट उठेको रकम मध्ये आयोजकले विश्व हिन्दु महासंघ तनहुँ शाखालाई रू ५ हजार रूपैया समेत सहयोग रहेको विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरीहर पाण्डेले जानकारी दिए ।विश्व ओमकार तथा हिन्दु महामिलन पर्व अन्तर्गत विश्व हिन्दु महासंघ स्याङ्जाको आयोजनामा व्यास क्षेत्रमा गरिएको महायज्ञको प्रमुख कथाबाचक भागवतलंङ्कार नेत्र प्रसाद पराजुलीले रहेका थिए ।

महायज्ञको विहिवार व्यास नगरपालिकाका नगरप्रमुखले समापन गरेका थिए । नगरप्रमुख न्यौपानेले विश्व हिन्दु महासंघ स्याङ्जाले व्यास क्षेत्रको महत्व बुझेर गरेको काम अत्यान्तै महत्वपूर्ण भएको बताएका थिए । उनले व्यास क्षेत्रको धार्मिक पर्यटकीय प्रवद्र्धनमा नगरपालिका लागिपरेको र व्यासको १०८ फिट अग्लो मूर्ति निर्माणको काम समेत भइरहेको कार्यक्रममा जानकारी दिएका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.