भानुलाई उत्कृष्ट साहित्यिक र सास्कृतिक गन्तव्यको रुपमा निर्माण र विकास गरिने ।


भानु नगरपालिकालाई उत्कृष्ट साहित्यिक र सास्कृतिक गन्तव्यको रुपमा निर्माण र विकास गरिने भएको छ । भानु नगरपालिकाले भानु नगरपालिका वडा नं द्ध स्थित स्थित आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घाको डाँडामा भानु साहित्य उद्यान कार्यक्रम संचालन गर्ने भएको हो ।
४२१ रोपनी जग्गाको क्षेत्रफलमा वन्ने भानु सातिय उद्यान कार्यक्रम भित्र भानुभक्तको विशाल सालिक निर्माण गरिने, रामायणको मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालिन नमुना बस्ती, भानुसाहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान गरिने छ ।
यसैगरि गुरुयोजनमा सप्तधाम, प्रवेशद्धारा, वस्ती तथा वजार क्षेत्र, मनोरन्जन वनभोज स्थलको निर्माण,पाकिङ्ग स्थल, प्राकृतिकवन–विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग निर्माण गरिने भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले जानकारी दिए ।


भानु साहितय उद्यानकोमुल उद्येश्य भानुभक्त आचार्य वि.स. (१८७१–१९२५) को जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र सास्कृतिक एकताको केन्द्रको रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल सरकारवाट आर्थिक वर्ष०८०।०८१ मा पाँच करोड विनियोजन रकमवाट काम अगाडी वढाईएको त्रिपाठीले वताए ।


रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्ने, भानुभक्तको कृतित्वलाई जीवन्तता दिन रम्घाको डाँडामा रामायण मन्दिर निर्माण गरि प्रमुख चरित्र रामसीताकोमुर्ति स्थापना गर्नु र रामायणमा वर्णित स्थान, घटना र परिवेशलाई विभिन्न माध्यामद्धारा प्रस्तुत गर्ने उद्येश्य लिईएको छ ।
यसैगरि नेपालको समाजिक तथा सास्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालको सातै प्रदेशको प्रतिनिधित्व हुने गरि सप्तधाम निर्माग गरिने लक्षय लिएको छ ।

रम्घा डाँडामा भानुभक्तकालिन घरवस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रर्दशन गर्ने, भानुभक्तका कृति, योगदान एवं नोपली भाषा र साहित्यको अध्ययन, अनुसन्धानका निम्ति पुस्तकालय स्थापना गरि चुँदी रम्घालाईप्राज्ञिक उत्कृष्ठ केन्द्रका रुपमा विकास गरिने लक्ष्य लिइएको भानु नगरपालिकाले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.