नेपाल पत्रकार महासंघ तनहुँको घुम्ति बैठक मस्याङदी नदिमा


नेपाल पत्रकार महासंघको आयोजना र भानु नगरपालिकाको समन्वयमा मस्याङदी नदिमा ¥याफिटङ गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँको घुम्ति वैठक संचालन गरि जिल्लाको पर्यटन तथा धार्मिक महत्व वोकेको स्थानको प्रर्वधन गर्ने कार्यक्रम अन्तरगत तनहुँको भानु नगरपालिकामा रहेको मस्याङदी नदिमा ¥याफिटङ गरिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले वताए ।


पत्रकारको आयोजनामा भएको घम्ति वैठक तथा मस्याङदी नदिमा ¥याफिटङ कार्यक्रम भानु नगरपालिकाको सहयोगमा संचालन गरिएको हो । वैठकमा वोल्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पत्रकारको यस्तो कार्यक्रमले पालिकामा भएको पर्यटकीय तथा धार्मिक महत्व वोकको स्थानको प्रचार प्रसार हुने र त्यसले समग्र पालिको आय आर्जनको माध्याम हुने समेत विश्वास व्यक्त गरे । पालिकामा धेरै पर्यटकीय स्थान रहेको हुदाँ यस्ता स्थानको खोजी तथा अन्वेशणले पालिकालाई आर्थिक रुपमा पनि समृद्ध वनाउन सकिने हुदाँ सवैले साथ दिन अनुरोध गर्दछु, प्रमुख त्रिपाठीले भने ।


घुम्ति वैठकमा महासंघका अध्यक्ष डिपी अधिकारीले महासंघले जिल्ला भरका पालिकामा घुम्ति वैठक संचालन गर्ने अभिप्राय स्वरुप भानुको मस्याङदी नदिमा ¥याफिटङ सहित वैठक संचालन गरिएको वताए । अगामी वैठक म्याग्दे गाँउपालिका हुने र महासंघको अभियान नै जिल्लाको पर्यटकीय तथा धार्मिक स्थलको प्रचार प्रसार गर्नु रहेको हुदाँ सवैले सहयोग गर्न आग्रह गरे ।
सो अवसरमा पत्रकार र भानु नगरपालिकाका टोलीले तुरतुरे देखि अकला मन्दिर सम्म मस्याङदी नदिमा ¥याफिटङ समेत गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.