म्याग्दे गाँउपालिकाको वजेट नीति तथा कार्यक्रम तथा वार्षिक प्रगती समिक्षा सम्पन्न ।


आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पुर्वाधारलाई आत्मासात गरेको म्याग्दे गाँउपालिका तनहुँले आ.व. २०८२।२०८३ को वजेट निती तथा कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८१।२०८२ को वार्षिक प्रतिवेदन समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पानसमा वत्ति वालेर सो कार्यक्रमका उद्घाटन गरेका थिए ।


वार्षिक प्रगती समिक्षा कार्यक्रममा म्याग्दे गाँउपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले आर्थिक वर्ष ०८१।०८२ को वजेट चालु खर्च तर्फ ९२.७७ %पुँजीगत खर्च तर्फ ७३.४५% गरि कुल ८४% वित्तिय प्रगति हासिल गरेको वताए । वडा तथा विभिन्न शाखा अन्तरगत भएको प्रगति समिक्षा कार्यक्रममा अधिकारीले आर्थिक वर्षमा भए गरेका कामका वारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए ।
सो प्रगति प्रतिवेदनमाथी विभिन्न राजनैतिक दलका प्रतिनिधी, समाजिक अगुवा, स्थानिय संघ संस्था तथा सरोकारवालाले पालिकाले गरेको काम कारवाहीको वारेमा धारणा राखेका थिए ।


यसैगरि कार्यक्रमा अािर्थक वर्ष ०८२।०८३ को आर्थिक ऐन, २०८२ तथा विनियोजन ऐन, २०८२ अन्तरगत रहेर नीति तथा कार्यक्रम एवं वजेट सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पालिकाले जिल्ला भित्रका पालिका मध्ये उल्लेखनिय कार्य गरेको वताए । कृषिमा अनुदान होस, वा दुधमा अनुदान, म्याग्देले उदारहणीय काम गरेको छ । मजदुरको नागरिक कोषमा लगानी, आफनै फोहर मैलाको व्यवस्थापन, पालिका भित्र नै सामुदायिक अस्पतालको निर्माण म्याग्देका उल्लेखनिय कामहरु हुन्, प्रमुख अतिथी वाग्लेले भने । पालिका भौगोलिक सुगमता भएको कारण कृषि र उत्पादनमा जोड दिनुपर्ने वाग्लेको भनाई थियो । पालिकाले आफै ऐन निर्माण गरि ढुङगा गिटी वलुवामा राजश्व उठाउने, कर नतिर्ने व्यवसायीलाई दण्ड जरिवाना कायम गरि राजश्व संकलन गर्नुले पालिकाले कानुनी राज्यको पालना गरेको उनले वताए ।


यस आर्थिक वर्षका लागी ७० करोड ४१ लाख ७३ हजार नौ सय दश रुपैयाको वजेट, २ वटा विधेयक सहित ७२ वटा नितिगत निर्णय स्वीकृत गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । सो अवसरमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वस्ती र वडातहवाट विभिन्न चरणमा छलफल गरि ल्याईएका योजनाहरुलाई उच्च प्राथमिकता दिई नागरिकको महत्वपुर्ण माग, आवश्यकता, चाहना लाई दृष्टिगत गरि वजेट तथा कार्यक्रम निर्माण गरिएको वताए ।

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले पालिका भित्र विकासमा पछाडी परेका वर्ग तथा समदायलाई विकासको मुल प्रवाहमा ल्याउन, विकराल रुपमा वढ्दै गएको युवा पलायन र पुँजी पलायन रोक्न, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गरि आर्थिक गतिविधिका मायाद्धारा स्थानिय स्तरमा नै रोजगार सृजना गर्न पालिका लागिपरेको वताए ।


सो कार्यक्रममा म्याग्दे गाँउपालिकाका निवर्तमान अध्यक्ष माया राना, जिसस सदस्य डोल वहादुर सुनार, नेपाली काग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे, एमालेका द्धारिका घिमिरे, माओवादी केन्द्र म्याग्देका अध्यक्ष वालकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देका संयोजक मनोज अधिकारी लगायतले म्याग्दे गाँउपालिकाले गरेका काम र गर्नुपर्ने कामका वारेमा धारणा राखेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.