नेवाः साँस्कृतिक सम्पदा प्रर्दशन


नेवाः तजिलजी पुचःको आयोजनामा नेवाः साँस्कृतिक सम्पदा प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ नयाँ पुस्तामा हस्तान्तरण भन्ने नाराका साथ नेवाः तजिलजी पुचःको आयोजनमा नेवार संस्कृति सम्वन्धी विभिन्न नाँचगान प्रर्दशन गरिएको हो ।


नेवाः तजिलजी पुचः व्यास नगरको अध्यक्ष सन्देश नारायण श्रेष्ठको अध्यक्षतामा भएको सो सास्कृतिक कार्यक्रममा नेवार समुदायको विभिन्न नाचहरु देखाईएको थियो । नेवार समुदायको विभिन्न सस्कृति रहने र त्यो सस्कार र संस्कृति नयाँ पिढीलाई हस्तान्तरण गर्न ३ महिने अभियान संचालन गरिएको अध्यक्ष सन्देश नारायण श्रेष्ठले वताए । सो ३ महिने प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई तजिलजी नाच, धिमे वाजा, लाखे नाच, टाकटुके नृत्य, कुमारी नृत्य सिकाईएको श्रेष्ठले वताए ।


कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले नेवार समुदायको संस्कृति र परम्पराले हिन्दु धर्मको संरक्षण गरेको वताए । नेवार समुदायको आफनै मौलिक संस्कृति रहेको हुदाँ यसको प्रर्वद्धन र सम्र्वद्धनमा सवै लाग्नुपर्ने मेयर न्यौपानेले वताए । नगरपालिका जातजातिको भाषा, धर्म र संस्कृति संरक्षणका लागी लाग्दै आएको हुदाँ आफनो परम्पराको जगेर्नाका लागी समुदाय नै लाग्नुपर्ने वताए ।


कार्यक्रममा शंकरनारायण श्रेष्ठले नेवार समुदायको धर्म, संस्कृति र परम्पराले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा मान्यता पाएको हुदाँ वालवालिकालाई संस्कृति हस्तान्तरणको कार्यक्रम अत्यन्तै सहनिय भएको वताए । नेपालको चिनारी नै नेवारी भाषावाट अन्तराष्ट्रिय स्तरमा मान्यता पाएको भएता पनि नेपाल सरकारले नेवा संस्कृतिको विकासको लागी गर्नुपर्ने सहयोग र कार्यक्रम नगरेको वताए ।


कार्यक्रममा आदिवासी जनजाति महासंघ तनहुँका पुर्व अध्यक्ष वसुन्धरा घर्ति, व्यास–३ का वडाध्यक्ष काशीराम श्रेष्ठले कार्यक्रमको महत्वका वारेमा वोलका थिए । सुदिप श्रेष्ठ लगायत स्थानिय कलाकारले प्रशिक्षण दिएको विभिन्न नाँचगान कार्यक्रमका ४० जना प्रशिक्षाथीहरुले प्रशिक्षण लिएका थिए । सहभागीहरुलाई, तजिलजी नाच, धिमे वाजा, लाखे नाच, टाकटुके नृत्य, कुमारी नृत्य लगायतका संस्कृतिहरु प्रर्दशन गरिएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.