प्राकृतिक स्रोत जलल जमिन र जंङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर भन्ने मुल नाराको साथ ३१ औ विश्व आदिवासी दिवस तनहुँको दमौलीमा मनाईएको छ । आदिवासी जनजाति व्यास नगरको आयोजनामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले पानसमा वत्ति वालेर कार्यक्रमका उद्घाटन गरेका थिए ।

अगस्ट ९ तारिखलाई विश्वभर नै आदिवासी जनजाति दिवस मनाउदै आएको छ । कार्यक्रममा प्रमुख अतिथी वैकुष्ठ न्यौपानेले आदिवासीको हक अधिकारलाई सरकारले नै सुनिश्चित गरेको हुदाँ कोही पनि अधिकारवाट वन्चित नहुने वताए । जनजातीहरु आफनो पहिचान, भाषाशैली र संस्कृति रक्षाको लागि आफै लाग्नुपर्ने हुदाँ जनजातीहरु प्राकृतिक पुजक भएको वताए । नगरपालिकाले आदिवासीको हक अधिकारका लागी सधै सहयोग गरेको छ । आदिम कालदेखि नै वसोवासी गर्दे आएको जातजातिहरु नै आदिवासी जनजाती भएको हुदाँ परम्परा र संस्कृतिको रक्षाका लागी नगरपालिका सदैव तत्पर भएको न्यौपानेले वताए ।

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथी आदिवासी जनजाति तनहुँका पुर्व अध्यक्ष शंकरनारायण श्रेष्ठले आदिवासी जनजाती प्रकृतिको उपहार भएको वताए । हरेक जनजातिको आफनै धर्म, संस्कृति, रहन सहन र भाषाशैली रहेको हुदाँ जनजातिहरु नै देशको पहिचान भएको वताए । जनजातिहरुको हक र अधिकार संविधानमा नै सुनिश्चत भएको छ, तर राज्य पक्ष जनजातीको अधिकार स्थापित गर्न खोजिरहेको छ, उनले भने । जनजातिहरु देशको पर्यटन, अर्थतन्त्र र समग्र पहिचान हो, तर राज्यले जनजातिलाई प्रयोग मात्र गरयो, उनले भने । स्थानिय सरकारपनि जनजातिको रक्षा र अधिकारका लागी कानुन वनाएर लाग्न सक्ने भएता पनि स्थानिय सरकार पनि जनजातिप्रति उपेक्षित भएको श्रेष्ठले वताए ।

विभिन्न जातजातिको भेषभुषामा सजिएका जनजातिहरुले सास्कृतिक कार्यक्रम सहित वजार परिक्रमा गरेका थिए । कार्यक्रममा विभिन्न जातजातिका घटकहरुले आफनो आफनो पहिचान सहित विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी वक्ताहरुले जनजातिको महत्व र अधिकारका वारेमा वकालत गरेका थिए ।

