धेरै संरचना बनाउनु भन्दा विभेद हटाउने शसक्त संरचना बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड


काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दलित सम्बन्धि धेरै संरचना बनाउनु भन्दा सबै खाले विभेद र असमानता हटाउने खालको सशक्त संरचना बनाउनुपर्ने बताउनु भएको छ ।
मन्त्रालयमा बुधबार आयोजित दलित समुदायको हक अधिकार सम्बन्धी प्रचलित कानुनी व्यवस्थाहरुको अध्ययन सम्बन्धी प्रस्तुती तथा छलफल कार्यक्रममा मन्त्री न्यौपानेले धेरै संरचना हुँदा काममा समन्वय भन्दा भन्दा झन त्यसले अन्यौल उत्पन्न गर्ने हुँदा अव बन्ने कानुनमा सशक्त र शक्तिशाली संरचना बनाउनुपर्ने बताउनु भयो ।


देशमा व्याप्त सबैखाले विभेद र असमानता हटाएर यो गणतान्त्रिक व्यवस्थालाई अझ मजबुद् बनाउनुपर्ने मन्त्री न्यौपानेको भनाई थियो । दलित सम्बन्धी कानुन आवश्यक भएको र यसलाई जतिसक्दो चाँडो बनाउनुपर्ने भन्दै मन्त्री न्यौपानेले भन्नुभयो ‘दलित अधिकारको सम्बन्धमा संविधानमा भएका व्यवस्था र प्रचलित कानुनको आधारमा ऐन बनाउँछौं ।’ बन्न बाँकी रहेका ऐन र कानुनलाई जतिसक्दो चाँडो बनाउनुपनुपर्नेमा मन्त्री न्यौपानेको जोड थियो ।
उक्त कार्यक्रममा दलित अधिकारकर्मी शुशिल विकेले दलित समुदायको अधिकार सम्बन्धी प्रचलित कानुनी व्यवस्थाहरुको अध्ययन सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.