संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमुल्यांकन (लिजा) मा तनहुँको १० पालिका मध्ये म्याग्दे गाँउपालिका प्रथम भएको छ ।
समान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लामा म्याग्दे गाँउपालिकाले ८५.७५ नं प्राप्त गरि पहिलो भएको हो भने आवुखैरेनी गाँउपालिकाले ८५ अंक प्राप्त गरि दोश्रो भएको छ ।
यसैगरि शुक्लागण्डकी नगरपालिका तेश्रो, व्यास नगरपालिका चौथो, भानु नगरपालिका पाँचौ, भीमाद छैटौ, देवघाट गाँउपालिका सातौ, ऋषिङ आठौ, घिरिङ नवौ र वन्दिपुर दशौ स्थान हासिल गरेको छ ।
