नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपाध्यक्ष एवं जनचाहना न्युज डटकमका कार्यकारी सम्पादक एसवि नेपालीलाई समाचार सङ्कलनका क्रममा मिति २०८२ भदौ १७ गते प्रदेश अस्पताल दमौलीभित्र भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
अस्पतालमा बिरामी सङ्ख्या बढिरहेको सन्दर्भमा समाचार सङ्कलनमा पुगेका पत्रकार नेपालीको मोवाइल खोसेर अस्पतालका डा. निराजन पन्थले अडियो डिलिट गरी गरेको दुव्र्यवहारप्रति महासङ्घ खेद प्रकट गर्दछ ।

समाचार सङ्कलन गर्नुपूर्व पत्रकार नेपालीले आफ्नो परिचय र समाचार सङ्कलनको उद्धेश्य स्पष्ट पारेको अवस्थामा डाक्टर पन्थबाट भएको दुव्र्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको महासङ्घको ठहर छ । स्वतन्त्र रुपमा समाचार सङ्कलन गर्न पाउनु पत्रकारको नैसर्गिक अधिकारमाथि भएको हस्तक्षेपको निन्दा गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने डाक्टरलाई आवश्यक कारवाहीका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ जोडदार माग गर्दछ । सचिव, कृष्ण न्यौपाने द्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।