सञ्चारकर्मीमाथि धम्की र सञ्चारगृहमाथि आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासङ्घ तनहुँको आपत्ति


सञ्चारकर्मीमाथि धम्की र सञ्चारगृहमाथि आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासङ्घ तनहुँको आपत्ति जनाएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका माग राखेर सडकमा उत्रिएका युवा पुस्ताको आन्दोलनका क्रममा दिव‌ङ्ग हुनुभएका युवाहरुप्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । आन्दोलनमा सहभागी धेरै व्यक्ति, पत्रकार र सुरक्षाकर्मी घाइते हुनुभएकामा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।
२०८२ साल भदौ २३ गतेको आन्दोलनमाथि सरकारले गरेको दमन र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिले हामीलाई स्तब्ध तुल्याएको छ । युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा जिल्लास्थित सञ्चारकर्मीमाथि धम्की र सञ्चारगृहमाथि आक्रमणको घटनाप्रति शाखा निन्दा र भर्त्सना गर्दछ । महासङ्घले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्‌कुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन सरकार समक्ष माग राखेको थियो ।
शाखामा प्राप्त जानकारी अनुसार प्रेससँग जोडिएका देहायका घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीमाथि गाली गलौज र हातपातको प्रयास, रेडियो ढोरबराहीको ग १३ प ५०७४ को स्कुटर, पत्रकार अशोक विकको ग १५ प ७४९७ को मोटरसाइकल, पत्रकार सुमन श्रेष्ठको ग १५ प ४५४ तोडफोड, रेडियो ढोरबराही, मादीसेती एफएम र भञ्ज्याङ दैनिक पत्रिकाको कार्यालयमा तोडफोड गरिएको छ ।
जनतालाई सूसुचित गर्न, शान्ति र लोकतन्त्रका लागि क्रियाशील हुने पत्रकार र सञ्चारमाध्यमलाई निशाना बनाइएकोप्रति शाखा आपत्ति प्रकट गर्दछ । जेनजीको आन्दोलनका क्रममा घुसपैठ गरी सञ्चारसंस्था र सञ्चारकर्मीमाथि भएको धम्की र तोडफोडको घटनामा संलग्नलाई पहिचान गरी कानुनी कारवाहीका लागि प्रशासनसमक्ष माग गर्दछौ। साथै राज्य र आन्दोलनमा संलग्न जो कसैलाई प्रेसमाथि निशाना नबनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन हार्दिक अपिल गर्दछौ, सचिव कृष्ण न्यौपाने द्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.