दभुङ चण्डी देवी वहुउद्येश्यीय सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ


व्यास नगरपालिका वडा नं ५ मा रहेको श्री दभुङ चण्डी देवी वहुउद्येश्यीय सहकारीको अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठ चयन भएका छन् । सहकारीको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनवाट अध्यक्षमा पुन श्रेष्ठ चयन भएका हुन भने सहकारीको उपाध्यक्षमा तिर्थ कुमार श्रेष्ठ, सचिवमा राजकुमार श्रेष्ठ (विवि), कोषाध्यक्षमा विष्णुमाया श्रेष्ठ, सहसचिवमा आश्विन किशोर श्रेष्ठ चयन भएका छन् ।
यसैगरि समितीको सदस्यहरुमा राजकुमार श्रेष्ठ, शिर वहादुर थापा, गोमा खनाल, राम वहादुर नेपाली चयन भएका छन् भने लेखा समितीको संयोजकमा वविन्द्र खनाल, सदस्यहरुमा आनन्द कुमार श्रेष्ठ र विरेन्द्र श्रेष्ठ चयन भएका छन् ।
सहकारीको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा भएको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनमा व्यास नगरपालिका वडा नं ५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले सहकारीले सहकारीको आवश्यकता र सदस्यहरुको हक हित अनुरुप कार्य गर्नुपर्ने वताए । समुदायमा रहेको साना साना पुजीलाई एकिकृत गरि व्यपार व्यवसायमा सहकारीको महत्वपुर्ण भएको हुदाँ सहकारीको मुल मान्यतालाई आत्मासात गर्नुपर्ने वताए ।


सहकारीले समाजमा सकारात्मक प्रभाव पार्ने हुदाँ कतिपय सहकारी हरु आफनो मुल्य मान्यता विपरित चल्दा समस्या ल्याएको समेत प्रमुख अतिथी श्रेष्ठले वताए । दभुङ वहुउद्येश्यीय सहकारीले उत्पादन र कृषिमा जोड दिएको हुदाँ यसलाई अझ व्यवस्थित गरि अगाडी वढ्नुपर्ने धारणा राखेका थिए ।
सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष काजीमान श्रेष्ठले सहकारीले सहकार्यको माध्यामवाट काम गरि समाजमा सकारात्मक सन्देश दिनुपर्ने वताए ।


कार्यक्रममा मानुङ वचत तथा ऋण सहकारीका अध्यक्ष रामकाजी श्रेष्ठ, स्थानीय समाजसेवी यज्ञ प्रसाद खनाल, चापाघाट टोल विकास संस्थाका अध्यक्ष नर वहादुर थापा, सत्य प्रसाद खनाल, दिदी वहिनी आमा समुहका अध्यक्ष प्रतिमा खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष, ताराकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा संयोजक विष्णु प्रसाद श्रेष्ठले लेखा प्रतिवेदन, ऋण संयोजक पदम कुमार श्रेष्ठले ऋण प्रतिवेदन पेश गरेका थिए भने संस्थाका सचिव राजकुमार श्रेष्ठ (विवि)ले कार्यक्रम संचालन गरेका थिए । दभुङ चण्डी देवी गुठी भवन परिसरमा भएको सो कार्यक्रममा उल्लेख्य मात्रामा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.