वि वि श्रेष्ठ
विगत पनि कस्तो कस्तो ? न अङगाल्न नै सकिने, न वोक्न नै । पाईला पाईला मा हुने तत्ववोधले सरस जीवन वाँच्न नै गाह््रो । पृथकता खोज्ने प्रयास भने विगतको आलिङगनले नै विथोलिदियो । साँच्चै सोचको वन्धकता पनि अनौठो हुने रहेछ । सानो तिनो हुण्डिरीले नहल्लाउने । यहि निरन्तरता, फगत निरन्तरता, निरन्तरताको निरन्तरता । अनि कसरी जीवन सहज हुन्थ्यो नै, यहि असहज जीवनको विचवाट घोत्लिने समाजिक जिम्मेवारिता, नयनमा देखिएका आशाका त्यान्द्राहरु वेला वेलामा प्रकट भईरह्यो । विझाईरह्यो ।
यसरी नै अनेकन हिउँद विते । सोचको वन्धकता फुकाउन प्रयत्न भएन अथवा सकिएन । समिक्षा गर्ने सोच नै थकित वनेको छ । थाकेर गलित सोच पुन नउर्वराए पनि हुने !
सधै देखिएका वस्तु समान र उहि प्रकृतिमा होला, त्यो त कपोकल्पित मात्र रहेछ । परिवर्तित यो दुनियामा सोचको वन्धकता मात्र समान होला, अरु सवै परिवर्तित । जीवनमा सवै कुरा परिवर्तन होला कि नहोला, त्यो गर्वमा छाडौ, तर एकाध, कोही कसैमा भने त्यो मृगतृण्णा उहि लाग्ने ।
प्रगतिको मापनमा भौतिकवाद रहेन, सोचको प्रगतिमा उहि, दायित्ववोधको मापन पनि उही । त्यो पुरा हुने छनक नदेखिदा मुहारमा चमक र खुशी हुने भएन । कस्तो अजर सोच, जसलाई न पुरा गर्न सकिने, न हटाउन सकिने । गन्तव्य उहि, सोचको वाहुल्यता उहि, परिणाम अलौकिक खोज्ने परिपाठी भने गज्जवको । भुल्न पाए पनि हुने नि, तर असम्भव ।
आफनो भन्नेहरु नै जीवनमा दुखका कारणहरु रहेछन । आफना वस्तुहरु नै जीवनमा वाधक रहेछन । जसले हामीलाई शान्तिसँग वाँच्न दिदैनन ।
वसन्तको गर्मिलो पहाड चढेसँगै झर्ने आतुरता । शिखरमा रहँदा पनि आत्मामा शान्ति नभएपछि जाने कहाँ ? सफलताको शिखरमा पनि शान्ति रहेनछ, जहाँ पुगेर पनि सोचमा तृप्ति मिलेन । अव ओरालो यात्राले दिने पीडाले नयाँ गन्तव्यको मार्ग पहिल्याउन सक्दैन । यहि उकुसमुकुसमा वाकी जीवनका पलहरु वित्ने भयो । जुन चाहना हैन । हिजो चम्किलो देखिने वस्तुहरु विस्तारै विस्तारै धुमिल वन्दै गईरहे । अझ पनि महत्वकांक्षा भने लत्रिएको छैन, कमजोर मस्तिष्क र थकानयुक्त सोचहरु भएता पनि ।
विगतको समिक्षा सहितको नयाँ गन्तव्य सम्भव देखिएन नै विगत भुल्न पनि । शाव्दिकतामा सवै सहि नै लाग्ने, तर आत्मामा खोट, यति धेरै सोचको कुष्ठा पनि मानव जीवनमा सहज नहुने रहेछ । हिजो घरको आँगनीमा आउने कुकुर आज छैन, अर्को कोही, उसले पनि माया र सद्भावको आशा गरिरह्यो । सायद सजिव प्राणीको एउटै पुकार होला, माया र सद्भावको, त्यो निस्वार्थ भावको । उन्मादमा रहेको भाव र यथार्थमा भोगिएको सद्भावमा पनि आकाश जमिनको अन्तर रहेछ, मानव वाहेकमा देखिने उदारता र सर्मपण साँच्चै नै मिठो रहेछ ।
वारीको कान्लोले पनि त अपनत्व खोज्ने रहेछ, आफनै वर्गको । विकल्प विहिन वस्तुको त्यो भाव सायद कमैले वुझलान् जहाँ मानव जातिको आत्माको भाव नवुझनेहरु वेगल्ती भेटिनेछन् । यो समाज पनि सोचको वन्धक रहेछ, जहाँ सोचको अग्राधिकार नहुने । मस्तिष्क र आत्माको मिलन गराउन सक्ने हो भने यति धेरै दुखी हुनेपर्ने थिएन होला ।
जीवन त सतही पो चलेको रहेछ, सतही नै चल्नेछ, सायद यहि नै सृष्टिको निरन्तरता हो । यसैमा मानव जातिले केही भएता पनि सहज महशुश गर्नेछन । मानव अंगको महत्व समयसँगै घट्ने नै भयो, तर सोचको महत्व ! क्षितिजको त्यो शुन्यतमा पुग्ने वेलासम्म पनि सोचको वन्धकता हुन्छ, क्यारे, जुन प्रकट भएको आभास भयो ।
मानव जातिमा आफनो भन्ने पनि आत्मारति मात्र रहेछ, क्यारे, जसलाई अंगिकार गर्दे हामी वाचिरह्यौ । आफनो सोच र आत्मालाई त नियन्त्रण गर्न नसक्ने हामीहरु वस्तु र व्यक्तिमा आफनै भाव खोज्ने परिपाटीमा जिईरह्यौ । सोचमा यस्तो वस्तुको विकास वनिदियो । आफनो भन्नेहरु नै जीवनमा दुखका कारणहरु रहेछन । आफना वस्तुहरु नै जीवनमा वाधक रहेछन । जसले हामीलाई शान्तिसँग वाँच्न दिदैनन ।
सांसरिक मोह पनि अचम्मको जसले हामीलाई वन्धक वनाउँदो रहेछ । यहि सांसरिक मोह नै दुखका कारण रहेछन् । यहि कुरा मानव जाति कमैले मात्र समयमा वुझछन्् । धेरैले जीवन घर्किसकेपछि र कसैले जीवन भर वुझदैन रहेछ । जीवनको दर्शन वुझन सांसरिक मोह त्याग्नु पर्ने रहेछ तर क्षणिकतामा सुख खोज्नेहरुले खुशीको महत्व वुझन सक्दैनन ।
हिजोको भन्दा आजको चिस्याँट धेरै, त्यहि वातावरणीय प्रतिकुलनले सोच नै वदलिदियो । तर त्यो सोच भौतिकवाद र सुख प्राप्तिको सोच थियो । वास्तविक सोच त धेरै पर थियो । धेरै भिन्न थियो । त्यो प्रतिकुलनताले दिएको प्राधिकार भने विशिष्ट प्रकृतिको थियो । त्यो सोच्ने सोच भने कतै विलिन भैसकेको थियो ।
साँच्चै आकाशवाट धर्तीमा खसेको पानीको थोपामा पनि समानता छैन क्यारे, उहि समय, उहि स्थान, उहि वातावरण, हामीले समान देखिरह्यौ, त्यसमा पनि त समानता रहेनछ । थोपाको वजन, त्यसको आकार, त्यसको मात्रा, धर्तिमा त्यसको प्रभाव । हामीलाई लागेको मात्र हो, हाम्रो दैनिकीमा पनि समानता छैन । हाम्रो पाप्तिमा । सोचको वजनमा । हाम्रो गतिमा पनि समानता छैन । दैनिकीमा समान्यता लागेता पनि यसको विशिष्टता अनुपमता रहेछ । भौतिक प्राप्तीलाई जीवनको सफलता सोच्नेहरुको भीडमा यो सवै निरर्थक लाग्दछ । तर सत्यता यहि हो ।
उहि सोच, गन्तव्य भने उहि, जसलाई छिचोल्ने यहि गन्तव्यले सम्भव छैन ।








