तनहुँको स्थानीय तहहरुमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा म्याग्दे गाँउपालिका उत्कृष्ठ वनेको छ । आर्थिक वर्ष २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) तर्फ ८५.७५ अंक प्राप्त गरि म्याग्दे गाँउपालिका उत्कृष्ट वन्न सफल भएको हो ।
जिल्ला समन्वय समिती तनहुँले एक कार्यक्रम गरि पालिकालाई उत्कृष्ट पालिकाको रुपमा घोषित गरि गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलाई सम्मान पत्र हस्तान्तरण गरेको छ ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाँउपालिका उत्कृष्ट पालिका हुनुमा म्याग्देली वासिन्दाको योगदान भएको वताए । जनताको विश्वासलाई जोगाउदै अगामी दिनमा अझ राम्रो पालिका वनाउन लागिपर्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो ।








