नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यहि मंसिर २७ देखि २९ गते सम्म हुने केन्द्रिय महाधिवेशनका लागी तनहुँवाट कुल ६२ जनाले प्रारम्भिक तर्फका उम्मेदवारी दर्ता गरेका छन् । नेकपा (एमाले) तनहुँको निर्वाचन कार्यतालिका अनुसार भएको प्रारम्भिक उम्मेदवारी कार्यक्रमको तालिका अन्तरगत आज भएको उम्मेदवारी दर्तामा कुल ६२ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
जस अन्तरगत क्षेत्र नं १ को युवा तर्फ मदन तिमल्सेना, सोम वहादुर तामाङ, विर वहादुर लामा (चिजे), अजित पन्थ, राम प्रसाद सापकोटा, अमिर गुरुङ, सुजन आचार्य र सरु कुमाल गरि ८ जनाले प्रारम्भिक उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरि निर्वाचन क्षेत्र नं १ को महिला तर्फ सीता पाण्डे, विन्दु वस्नेत, मनुमाया श्रेष्ठ, देवु विष्ट, वेद कुमारी वाग्ले, रुपा तामाङ, वसुन्धरा घर्ति र फुलमती थापा गरि महिलातर्फ कुल ८ जनाले प्रारम्भिक उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै गरि निर्वाचन क्षेत्र नं १ खुल्लातर्फ हरिराज कडेल, कृष्णराज ढकाल, अनिल पाण्डे, श्रीराम कार्की, ऋषिराम भुषाल, राम वहादुर गुरुङ, घनश्याम श्रेष्ठ, गोविन्द प्रसाद अधिकारी,पुर्ण वहादुर गुरुङ, प्रेम कुमार राना, प्रदिप राज अधिकारी र वासुदेव पुडासैनी गरि १२ जनाले प्रारम्भिक उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरि निर्वाचन क्षेत्र नं २ युवा तर्फ आर के पोखरेल, उज्जल खनाल, झमान सिंह सार्की, खिम वहादुर कुमाल रहेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ महिला तर्फ विष्णुकुमारी अधिकारी (पराजुली), विष्णुमाया श्रेष्ठ, विर्सना श्रेष्ठ, रत्नादेवी घिमिरे, सानुमायाँ महत, फुलमाया वाग्ले गरि ६ जनाले प्रारम्भिक उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ को खुल्लातर्फ खिम वहादुर महत क्षेत्री, श्यामराजा महत, विष्णुभक्त सिग्देल, आनन्द सुन्दर श्रेष्ठ, कमल ढकाल, मुक्तिनाथ तिमल्सेना, दिर्घ वहादुर थापा, धर्मराज खनाल, रामचन्द्र उपाध्याय, दलराज थापा (कुमार), होम वहादुर थापा, राजेश्वर ढकाल, श्रीप्रसाद श्रेष्ठ, निरोज खनाल, नारायण खनाल, हर्क वहादुर गुरुङ, सुर्य वहादुर गुरुङ र लक्ष्मण पौडेल गरि १८ जनाले प्रारम्भिक उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरि दलित (मुक्ति समाज) निर्वाचन क्षेत्र तर्फ वावुराम सुनार, मिठुमाया गन्धर्व, दिपक खाती, मनोज सुवर्णकार, भरत लाम्गादे, मोहन सुनार रहेका छन् ।

नेकपा (एमाले) तनहुँको कुल संगठित सदस्यवाट क्षेत्र नं तर्फ खुल्ला २ जना, महिलातर्फ २ जना, युवा ४० वर्ष मुनिकामा १ जना गरि कुल ५ जना र तनहुँ क्षेत्र नं २, तर्फ खुल्ला वाट ३ जना, महिलावाट २ जना, ४०वर्ष मुनिका युवातर्फ १ जना गरि कुल ६ जना र जिल्लाभर दलित तर्फ १ जना गरि कुल १२ जनाले केन्द्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्दे छन् भने अन्य केन्द्रिय सदस्य हरु स्वत आयोजक कमिटी हुने व्यवस्था गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलयका अनुसार भोलि ११ गते अन्तिम नामावाली प्रकाशन र मंसिर १३ गते मतदान गरि महाधिवेश प्रतिनिधी छनौट गरिने जनाएको छ ।











