नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औ महाधिवेशनमा तनहुँ जिल्लावाट केदार सिग्देल सहित चार जना केन्द्रिय सदस्यका लागी उम्मेदवार वन्ने भएका छन् ।
महाधिवेशनमा खुल्ला तर्फ किरण गुरुङ, कृष्णकुमार श्रेष्ठ किसान, गण्डकी भुगोलवाट केदार सिग्देल र महिलावाट भगवती न्यौपाने उम्मेदवार वन्ने भएका हुन् ।
किरण गुरुङ पार्टीका निवर्तमान गण्डकी प्रदेश कमिटीका ईन्चार्ज हुन भने कृष्णकुमार श्रेष्ठ पुर्व मन्त्री एवं तत्कालिन नेकपा एसवाट पार्टी प्रवेश गरेर केन्द्रिय सदस्य वनेका थिए । यसैगरि भगवती न्यौपाने केन्द्रिय सदस्य एवं निवर्तमान संघिय मामिला मन्त्री समेत हुन् ।
यसैगरि गण्डकी भुगोलवाट उम्मेदवार वन्न लागेका केदार सिग्देल, केन्द्रिय कमिटीका सदस्य एवं नेकपा एमाले तनहुँको ईन्चार्ज हुन । पुर्व तनहुँ जिल्ला अध्यक्ष समेत रहेका सिग्देल संगठनमा क्रियाशिल, वौद्धिक र विचारमा स्पष्ट नेताका रुपमा चिरपरिचित रहेका छन् ।
तनहुँवाट महाधिवेशनमा उम्मेदवार वन्न लागेका चारै जना केपी ओली निकट मानिन्छन् ।






