गुणादीमा हिले महोत्सव हुने

परम्परागत लोक कला र सस्कृतिको संरक्षण गर्न तनहुँमा बिसौं राष्ट्रिय धान दिवसको उपलक्ष्यमा यही असार १५ गते पाँचौ हिले महोत्सवको आयोजना गरिने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा हिलो महोत्सव गर्न लागिएको हो । महोत्सवको आकर्षणमा धान रोप्ने, हिलोमा माछा समात्ने, डोरी तान्ने, श्रीमती बोकी हिलोमा दौडने, बेलुन फुटाउने लगायतका प्रतियोगिता तथा असारे भाका गीत गाउने र नौमती बाजा बजाउने लगायतको रहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए ।

असारे भाका, संस्कृति लोप हुँदै गएकोले जर्गेना गर्ने उद्धेश्यले प्रतियोगिता गर्दै आएको र यसलाई आगामी वर्ष पनि निरन्तरता प्रतिबद्धता प्रतिष्ठानका पूर्व अध्यक्ष मेघनाथ रिमालले बताए । महोत्सव म्याग्दे गाउँपालिका–१ गुणादीमा गरिने आयोजकले जनाएको छ । महोत्सवको बारेमा जानकारी दिने उद्धेश्यले आयोजकद्धारा मङ्गलबार दमौलीमा पत्रकार सम्मेलनको गरिएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.