नेपाल मगर चलचित्रकर्मी संघको अध्यक्षमा फल वहादुर

दमौली
नेपाल मगर चलचित्रकर्मी संघ तनहुँको चौथो अधिवेशनवाट फल वहादुर थापा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । संघको अध्यक्ष सुजन राई मगरको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल मगर संघका केन्द्रिय महासचिव सुमन थापा मगर रहनुभएको थियो ।

यसैगरि अधिवेशनले उपाध्यक्षमा वसन सारु मगर, सचिवमा मिलन आले मगर,सह सचिवमा धिरन आले मगर, कोषाध्यक्षमा पुष्पा आले मगरलाई चयन गरेको छ ।
सदस्यहरुमा सोनम थापा मगर, मनिशा थापा मगर, सन्ध्या आले मगर, सुनिता थापा मगर, देव मगर र निशा थापा मगर सर्वसम्मत रुपमा चयन भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथी संघका केन्द्रिय महासचिव सुमन थापा मगरले मगर समुदायको यो सक्रियातले जातिय र सास्कृतिक रुपमा वलियो हुने वताउनुभयो । चलचित्रको माध्यामवाट मगर समुदायको उत्थान र विकासमा भुमिका खेल्नुपर्ने समेत वताए । यसैगरि कार्यक्रममा नेपाल मगर समन्वय समिती का अध्यक्ष मनिराज थापाले समेत धारणा राख्नुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.