नि.सासंद केदार सिग्देलको पहलमा नेपाल सरकारवाट प्रमुख सडक, पक्की तथा झोलुङ्गे पुल तर्फ १ अरव भन्दा वढि वजेट विनियोजन ।

प्रतिनिधीसभाका निवर्तमान सासंद केदार सिग्देलको पहलमा तनहुँ क्षेत्र नं २ मा नेपाल सरकारवाट प्रमुख सडक, पक्की तथा झोलुङ्गे पुल तफ १ अरव भन्दा वढि रकम विभिन्न योजनामा वजेट विनियोजन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार समेत रहेका केदार सिग्देल जिल्लामा सरल, मदुभाषाी, स्पष्ट दृष्टिकोण र जनप्रिय नेताका रुपमा परिचित छन् ।
आर्थिक वर्ष २०७५ देखि २०७८ सम्म सिग्देलका पहलमा भएका प्रमुख सडक, पक्की तथा झोलुङ्गे पुल तर्फ विनियोजिट वजेटहरु मध्ये गाईघाट देखि गल्याङ सडक हो । जसमा नेपाल सरकारवाट १७ करोड ३६ लाख रकम वजेट विनियोजन गरिएको थियो । त्यस्तै भिमाद–डुम्रीवेशी–रामपुर–मित्याल–आरुङखोला सडकको भिमाद–रामपर खण्डमा २३ करोड ४० लाख रकम वजेट विनियोजन भएका छन् । खैरेनिटार–भिमाद–कावासोती सडकमा २३ करोड २० लाख, झापुटार– भिरकोट सडकमा ३ करोड ८८ लाख, मिर्दि–भिमाद सडक ६ करोड २४ लाख, भिमाद चित्रेभन्जयाङ सडकमा ४० लाख रकम विनियोजन भएका थिए ।
यसै गरि किहँु मार्गकालागी ५० लाख, मादीनदि पुल झापुटारमा १ करोड ५६ लाख ३० हजार, कालीगण्डकी पुल वैडीमा २ करोड नौ लाख, छिउँदीखोला पक्की पुल (भिमाद–भागर–सिम्ले मार्गमा १० लाख, सेतिनदि पुल (दोभान) का लागी ३ करोड ७२ लाख, जिद्धि खोला पुल भिमादका लागी ५ करोड ४ लाख, कालीगण्डकी पुल डेडगाँउका लागी ४ करोड ८२ लाख ५० हजार, सेतिनदी पुल कोईदिमघाटमा १ करोड १२ लाख, कालगण्डकी पुल गडगडीघाट ६ करोड १६ लाख ५० हजार, कालीगण्डकी पुल रोकुवा ५ करोड ५६ लाख, कालीगण्डकी पुल पुट्टारघाट ७ करोड ९७ लाख ५० हजार, कुलाङखोला पुल नयाँ १० लाख, जिद्धिखोला पुल (खैरेनी–भीमाद कावासोती सडक खण्ड तर्फ १० लाख रकम वजेट विनियोजन भएको थियो ।
यसैगरि सिग्देलको पहलमा खानेपानी, उर्जा जलश्रोत तथा सिंचाई, खेलकुद शहरी विकास तथा पर्यटन मन्त्रालय र राष्ट्रिय योजना आयोगवाट विभिन्न योजनामा वजेट विनियोजन भएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.