दोर्दी पालिकाभित्र बियर विक्री वितरणमा रोक लगाइने

जनक श्रेष्ठ, दोर्दी पालिका

दोर्दी गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेक वियर लगायत शिसाका खाली बोत्तलहरु आगामी छ महिनाभित्रमा नहटाएमा बियर विक्री वितरण गर्न रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा बसेको गाउँपालिकाको आठाँै गाउँपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरुका बियर लगायत अन्य सिसाका बोत्तलमा ल्याइएका पिय पदार्थहरुको बोत्तलले गाउँपालिकाका बजार कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हटाई सक्नुपर्ने वा फिर्ता लैजाउनु पर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, विभिन्न प्रकारका बोत्तलहरु सो समयभित्रमा नलगेमा सम्बन्धित होटल तथा रेष्टुरेण्टमा पूर्ण रुपमा बियर तथा सो बस्तुहरु विक्री वितरणमा प्रतिबन्द गरिनेछ ।
त्यस्तै, सो बैठकले गाउँपालिकाको गाउँसभा आगामी २८ र २९ गते गर्ने निर्णय गरेको छ । त्यस्तै, लिपे मेमेपोखरी पदमार्ग निर्माण गर्न, फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल भवन निर्मााण गर्न आवश्यक जग्गा माग गर्न, राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । एउटा चारपाङ्ग्रे सवारी साधन कार्यालय प्रयोजनका लागि भाडामा लिने निर्णय गरेको छ ।
सो बैठकले मौरी पकेट क्षेत्रका लागि वडा नं. ९ हिले टक्सार र लघु उद्यम विकास कार्यक्रमको लागि वडा नं. ८ बन्सारलाई छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै, गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरु पालिकामा दर्ता गराउने, गाउँपालिकामा मालि राख्ने, दिर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने, जग्गा बर्गिकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताउनुभयो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.