तनहुँको चुँदीरम्घा शिखरकटेरी धर्मशालामा निर्मित रामायण भवनको उचित संरक्षण गरिने

नेपाली भाषाका एकीकरणकर्ता आदिकवी भानुभक्तले विभुषित भानुभक्त आचार्यको जन्मजयन्ती जतिजति नजिकिदै छ । उति नै भानुभक्त आचार्य प्रतिको सम्झना र श्रद्धाभाव उति उति वढदै छ ।

विक्रम सम्वत १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुदी रम्घामा जन्मेका आदिकवी भानुभक्तको योगदान र उनको कृतित्वको महत्व वुझेर भानुटार शिखर कटेरी धर्मशालामा २ करोड ६० लाखको लागतमा रामायण भवन वनेको छ । नेपाल सरकारको पर्यटन विभाग अन्र्तगत वनेको उक्त रामायणभवन भित्र आदिकवी भानुभक्त आचार्यद्धारा नेपालीमा अनुवाद गरिएको रामायणका सचित्र स्लोकहरु कोरिने तथा धार्मिक अनि साहित्यक कार्यक्रमहरु संचालन गरिने उद्येश्यले उक्त भवन वनेको आदिकवी भानुभक्त जन्मस्थल विकास समितीका कार्यकारी निर्देशक शंकर रानाभाटले वताए । उनि भन्छन्, यस ऐतिहासिक भवनको गेट र पर्खाल निर्माण गरि संरक्षण गर्ने तर्फ विकास समिती लागी पर्ने वताए ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी उक्त स्थानमा रामायण भवन वन्नु महत्वपुर्ण पाटो रहेको वताउदै यसको संरक्षण गर्नेतर्फ स्वयं जन्मस्थल तथा भानु नगरपालिका पनि लागीपर्ने वताउँछन् । उनले भने यसको संरक्षण हुनु अहिलेको आवश्यकता हो । उता जन्मस्थल समितीका अध्यक्ष ऋषिराम पन्त यसै वर्षवाट दिलोज्यान दिएर उक्त रामायण भवनको संरक्षण गरिने वताउँछन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.