मायाटार । चितवनको इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले वृक्षारोपण गरेर तथा पत्रकारलाई डायरी सहित सम्मान गरेर आफ्नो जन्मदिन मनाएकी छिन् । उनले असार २८ गते बिहिबार परेको आफ्नो जन्मदिनको अवसरमा इच्छाकामना २ मायाटारमा रहेको बालगौरी पाथीभरा मन्दिरमा वृक्षारोपण गरेर तथा केहि पत्रकारलाई डायरी सहित खादा लगाइ सम्मानका साथ जन्मदिन मनाएकी हुन् ।

उनले मन्दिरभित्र रूद्राक्षको बिरूवा रोप्नुका साथै मन्दिरको गेटमा घण्टी राखिदिएकी छन् । त्यसबाहेक मन्दिरको कम्पाउण्ड बाहिर रूख कटहर, एभोकाडो लगायतका बिरूवा रोपेकी छन् भने मायाटार आधारभुत स्वास्थ्य केन्द्रमा पनि फुलको बेर्ना रोपेकी छिन् ।
प्रचारप्रसार अभावका कारण ओझेलमा रहेको मन्दिरलाई प्रचारप्रसारमा ल्याउनको लागि टेवा पुग्ने विश्वासका साथ आफूले जन्मदिनको अवसर पारेर सामान्य कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

यसैगरी उनले जन्मदिनकै अवसरमा मायाटारमा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको समाचार संकलनका लागि आएका पत्रकारहरुलाई खादा लगाई सम्मानका साथ डायरी समेत प्रदान गरेकी थिइन् ।








