तीन कार्यालयका आठ कर्मचारी सम्मानित

पहाडी जिल्ला लमजुङमा तीन कार्यालयका आठ जना कर्मचारी सम्मानित भएका छन् । भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, कृषि ज्ञान केन्द्र लमजुङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई लमजुङ (मनाङ) मा कार्यरत ८ जना उत्कृष्ट कर्मचारी सम्मानित भएका हुन् ।

उक्त तीन सरकारी कार्यालयले आज आयोजना गरेको संयुक्त रुपमा सार्वजनिक सुनुवाई कार्यक्रममा वर्षभरी उत्कृष्ट काम गर्ने कर्मचरीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा कृषि ज्ञान केन्द्र लमजुङकां बाली संरक्षण अधिकृत बिजयराज पौडेल, कार्यालय सहयोगि मिनबहादुर गुरुङ र हलुका सवारी चालक यमविर गुरुङ, भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका अधिकृत डा.सुनिल न्यौपाने, हलुका सवारी चालक टुकबहादुर बोहरा रहनुभएको छ ।

त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकिकरण लमजुङ मनाङमा कार्यरत अधिकृत हरि मिजार, नायब प्राविधिक सहयाक नविन श्रेष्ठ र हलुका सवारी चालक भगवान बोगटी सम्मानित भएका छन् । सम्मानित हुनेहरुलाई जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णवहादुर गुरुङले प्रशंसापत्र, खादा र टिका लगाएर सम्मान गर्नुभएको थियो । सो कार्यक्रममा समन्वय प्रमुख गुरुङले कर्मचारीहरु असल भएर काम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.