१५ वर्ष दुवई वसेर देशमा नै केही गर्ने अभिलाषाका साथ नेपाल आएर पोल्ट्री फर्म खोलेका कृष्ण थापाले यहि पोल्ट्री फर्मलाई नै वाच्ने आधार वनाएको ७ वर्ष भईसक्यो । लामो समयसम्म विदेश वसेका कृष्ण देशमा नै केही सोचले व्यास नगरपािलका वडा नं ५ को अलैचैमा युग पोल्ट्री खोले ।
विदेशको १५ वर्षको कमाई र वैकको लोन गरेर पोल्ट्री व्यवसाय शुरु गरेका कृष्ण अहिले आएर व्यवसाय देखि नै वैराग्य लागेको वताउँछन् । अलैचेमा रहेको आफनै ३ रोपनी जग्गामा व्यवसाय शुरु गरेका कृष्णले यो फर्ममा करिव १८ लाख लगानी गरेका छन् ।
लेयर्स जातको १२०० कुखुरा वाट व्यवसाय शुरु गरेका कृष्णको फर्ममा अहिले ७०० वटा कुखुरा छन् । शुरुमा व्यवसायमा लागेर केही गर्ने सोच वनाएको कृष्ण अहिले यहि व्यवसाय घाँडो भएको वताउँछन् । वजारमा कुखुराको दानाले आकाश छुने, तर अण्डाको भाउ नवढ्ने, वढिहालेता पनि विचौलियाको भरमा व्यवसाय गर्न नसकिने कृष्णको वुझाई रहेको छ ।

लेयर्स जातको कुखुराले ४ महिना पछि अण्डा दिने वताए पनि ६ महिनापछि दिन्छ, त्यो वेलासम्मको हेरचाह, औषधी उपचार, दाना, कामदारको खर्चले व्यवसाय धान्न सकिने अवस्था छैन, कृष्णले भने, त्यसमा पनि कृषकलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक छैन, जसले गर्दा धेरै कृषकहरु विस्थापित भईसकेको अवस्था छ, कृषक कृष्णले वताए ।
व्यवसायमा जोखिम उत्तिकै छ । सानो कुुखुरा हुर्काउने, वढाउने र उत्पादन दिनेसम्म अवस्था सम्म आईपुग्न धेरै जोखिम छ । त्यसमाथी पनि वैकले दिने तनावले व्यवसाय नै कति दिन रहने भन्ने चिन्ता थपिएको छ ।

स्थानिय तहले गर्न सक्ने धेरै भएता पनि कृषक कृष्णले केही नगरेको वताए । अनुदान भनेको ठुलावडालाई मात्र । त्यो भन्दा कृषकको उत्पादनको वजारीकरणमा ध्यान दिन सकेमा कृषकलाई हौसला मिल्ने थियो । उत्पादन भएको अण्डालाई विचौलियाले मोलमोलाई गर्दछ, दिउ घाटामा नदिउँ विग्रला भन्ने डर । कृषकको सवैभन्दा ठुलो समस्या यहि हो ।
देश कृषि प्रधान भएता पनि कृषकलाई राज्यले उपेक्षा गरेको कृष्णको वुझाई छ । यो मेरो मात्र होईन, आम वुझाई भनेको स्थानिय तहले कृषकलाई गर्न सक्ने वजारीकरण गर्न सकेन । उत्पादिन वस्तुको वजारीकरण र भण्डारणमा राज्यले ध्यान दिने हो भने कृषक र व्यवसायी धरासायी वन्नु पर्देन, कृष्णले भने ।

व्यवसायीलाई वैकले दिने सहुलियतपुर्ण कर्जाका कारण मात्र व्यवसायीहरु व्यवसाय गर्न वाध्य वनेको कृष्णको वुझाई छ । कर्जा नविकरण र सहुलियत ऋणको व्याजमा छुट प्राप्तका लागी भएता पनि केही मात्रामा भएता पनि कुखुरा पाल्नैपर्ने वाध्यता छ । व्यवसाय नहुने भएपछि वैकले कर्जाको नविकरण नगर्ने र सहुलित ऋणको व्याजमा छुट नदिने वाध्यताले व्यवसायीहरु देखावटी व्यवसाय गरिरहेका कृष्णले वताए ।










