लियो क्लब अफ तनहुँको आयोजनामा शनिवार Emergency Blood Donner Coordination with Service & Recognition Programme दमाैलीमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बाेल्दैव्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्याैपानेले रक्तदान जीवनदान भएकाले मानविय सेवामा लियाेक्लवले महत्वपूर्ण याेगदान दिएकाे बताए । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ एल नेपालका रिजन कोअर्डिनेटर कृष्णहरि गैर्हे, लायन्स क्लब अफ तनहुँका प्रथम उपाध्यक्ष ईश्वर बहादुर बिष्टज्यु, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका मन्त्री सुर्यचन्द्र हड्खले लियो जिल्ला परिषद ३२५ एल नेपालका अध्यक्ष सन्तोष ढकाल, जिल्ला परिषद ३२५ एल नेपालका निवर्तमान अध्यक्ष योगेश गौतम, क्षेत्रीय सम्योजक महम्मद गफ्फार, ट्रेनिङपुल सचिब पुर्णिामा क्षेत्री, लियो क्लब अफ तनहुँका पुर्व अध्यक्षहरु, लियो क्लब अफ तनहुँ सत्यबतीका अध्यक्ष , लियो क्लब अफ तनहुँ निर्मल अल्फा का अध्यक्ष लगायत पदाधिकारी हरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रममा ८ जना आकस्मिक रक्तदाता हरुले रक्तदान गरेका र उनिहरुलाई सम्मान गरेको थियो । त्यस अवसरमा लियो क्लब अफ तनहुँ र नेपाल रेडक्रस सोसाइटी बिच विभिन्न सामाजिक हित तथा रक्तसञ्चार सम्बन्धि विभिन्न बुदाहरुको सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गर्ने कार्य सम्पन्न भएकाे उक्त कार्यक्रमको सहजीकरण क्लबका सचिव मुकेश बिडारीले जानकारी दिए।












