पत्रकार लामिछानेलाई ज्यानमार्ने धम्कीप्रति महासंघको आपत्ति, कारवाहीको माग


पत्रकार सविन लामिछानेमाथी सवारी चालक सुजन श्रेष्ठले ज्यानमार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अनलाईन खवर र फोर के टेलिभिजनका तनहुँ सम्वाददाता लामिछाने माथी व्यास नगरपालिका वडा नं ६ को सिन्धु मार्गमा गुड्ने ग १ ज ७५०५ नं को सवारी साधनले क्षमता भन्दा वढी यात्रु वोकेर ट्राफिक नियम उल्लंघन गरेको समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै मादक पदार्थ सेवन गरेको सवारी चालक श्रेष्ठले मंगलवार राती ८ वजे पत्रकार लामिछानेको घरमा पुगी वुवाआमालाई गालीगलौज गरी ज्यान मार्ने धम्कि दिएको थियो ।
उक्त घटनाले स्वतन्त्र प्रेसमाथी नै प्रहार गरेको हाम्रो ठहर छ । सो घटनाको वारेमा सत्य तथ्य छानविन गरि दोषीलाई कानुनी कारवाही गर्न र पत्रकार लामिछानेको जिउज्यानको सुरक्षा गरिदिन नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप रानाद्धारा विज्ञप्तीमा जनाईएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.