दमौली , २ पौष ।
नेपाली कांग्रेस तनहुँको जिल्ला सम्मेलन र भवन उद्घाटन समारोह प्रचार —प्रसार उपसमितिले जिल्लाका १० वटै स्थानीय तहका पालिका कार्य समितिलाई निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य एवं प्रचार— प्रसार उपसमितिका संयोजक डम्बर अधिकारीले पालिका कार्य समितिलाइ निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।

त्यसक्रममा नेपाली कांग्रेस देवघाट गाउँ कार्य समितिका सभापति तिलबहादुर थापा , बन्दीपुर गाउँ कार्य समितिका सभापति कर्ण खत्री , ऋषिङ गाउँ कार्य समितिका सभापति तिलबहादुर थापा ,शुक्लागण्डकी नगर कार्य समितिका उपसभापति कृष्ण रेग्मी , आँबुखैरेनी गाउँ कार्य समितिका कार्यवाहक सभापति विजय गुरुङलाई निमन्त्रणा पत्र हस्तान्तरण गरिएको थियो । निमन्त्रणा पत्र हस्तान्तरण गर्दै संयोजक अधिकारीले पार्टीमा योगदान पुरयाएका नेता तथा कार्यकर्ता,चन्दादाता र क्षेत्रीय प्रतिनिधिहरुलाई निमन्त्रणा गर्न आग्रह गरेका थिए ।सो अवसरमा जिल्ला सचिव सहदेव अधिकारी र लक्ष्मीभक्त खनालको विशेष उपस्थिती रहेको थियो ।








