म्याग्दे गाँउपालिकाको फोहर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साईट) को उद्घाटन (फोटोफिचर)

म्याग्दे गाँउपालिकाले ल्याण्डफिल्ड साईडको समुदघाटन सम्पन्न गरेको छ । कार्यक्रम पालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । मालपोत कार्यलय तनहुँ वाट २०७८।१२।९ गते लालपुर्जा प्राप्त गरि करिव २० रोपनी क्षेत्रफलमा वडा नं २ को वहपुरमा ल्याण्डफिल्ड निर्माण गरेको हो ।
वडा नं २ मा रहेको गालुमाया रानाभाट, चिजमाया रानाभाट, शिमीमाया रानाभाट, गोमादेवी राना, प्यारी रानाभाट, केश वहादुर रानाभाट, कल्याण रानाभाट, समर रानाभाट पदम वहादुर रानाभाटको जग्गा खरिद गरि पालिकाले कुल २१ करोड ६ लाख रुपैयामा ल्याण्डफिल्ड साईट निर्माण गरेको हो ।


कुल लागत २१ करोड ६ लाख डिपीआर रहेको योजनको प्रथम टेण्डर १ करोड ९० लाख सम्झौता एवी निर्माणसेवा व्यास–१०, ले १ करोड ४९० लाख ९५ हजार अन्तरगत पहिलो चरणमा एक्सेस रोड तथा नाली निर्माण, १५०० मिटर, साईड क्लियरेनस, ल्याण्ड स्क्याप प्रिपिरेशन, सेग्रीगेशन युनिट टर्न विलिडङ निर्माण भएको हो ।
यसैगरि दोश्रो चरण २०७९।१०।१६मा सुचना प्रकाशन गरि २०८०।१।३ गते ठेक्का सम्झौता रकम रु ७९ लाख ५७ हजार लाहुेर काईला विल्र्डसले गरेको हो भने जुन चरणमा अफिस विल्डिङ, गार्ड हाउस, रिटनिङ वाल। कम्पाउण्ड युनिट वाटो नालीर रिटेनिङ्ग वाल निर्माण सम्पन्न भएका छन् ।


हालसम्म २ करोड १५ लाख रुपैया लगानी भएको आयोजनाको डिपीआर अनुसार स्टोरेज युनिट, ईन्सिरेशन युनिट, शौचालय, पानीटंकी खरिद विक्री कक्ष, सडक कालोपत्रे र डे्रनेज लगायतको कामहरु वाकी रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले वताए ।

कार्यक्रमको उद्घाटन गर्दे पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले फोहरव्यवस्थापन केन्द्रको निर्माण पछि म्याग्दे गाँउपालिका भित्रका फोहर व्यवस्थापनमा ठुलो टेवा पुगेको वताए । सवैको साथ र सहयोगले यो कार्य सफल भएको हुदाँ छिमेकी पालिकासँग पनि समन्वय गरेर यसको पुर्ण सदुपयोग गर्ने वताए । जिल्लामा नै पहिलो फोहर व्यवस्थापन केन्द्र वनेपछि जनताको सरसफाईमा विशेष ध्यान दिईने र फोहरमार्फत मोहर संकलन गरि पालिकाको विकासमा खर्च गर्ने वताए ।


यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले फोहर व्यवस्थापन केन्द्र सफल हुन अघिल्लो नेतृत्वको पनि विशेष हात रहेको वताए । पालिका विकास निर्माणमा सवैको साथ र सहयोगको अपेक्षा राखेको वताए ।

त्यसैगरि कार्यक्रममा पालिकाका पुर्व अध्यक्ष मायादेवी रानाले आफुले शुरु गरेको कामले पुर्णता पाउदाँ खुशी लागेको वताए । जनताको आवश्यकता र सहयोगले योजना पुरा भएको हुदाँ पालिकाको हरेक काममा आफनो सहयोग हुने वताए ।


कार्यक्रममा विभिन्न राजनैतिक दलको नेतृत्व, समाजसेवी, प्रभुत्व व्यक्ति र स्थानियको उपस्थिती रहेको थियो । सो अवसरमा वक्ताहरुले पालिकाको उक्त कदम अति नै सहानिय भएको चर्चा गरेका थिए । सो अवसरमा फोहर व्यवस्थापन केन्द्रमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.