आन्तरिक राजश्व कार्यालय दमौलीले पछिल्लो ६ महिनामा ५ अर्व ५३ करोड राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय दमौलीले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ५ अर्व ५३ करोड राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष ०८०÷०८१ को साउन देखी पुस मसान्त सम्ममा ७ अर्व २८ करोडको राजश्व असुली लक्ष्य रहेपनि ५ अर्व ५३ करोड रुपैया मात्रै राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्ष ०८०÷०८१ को पुस सम्ममा कार्यालयले अन्त शुल्क तर्फ ३ अर्व ९६ करोड, स्वास्थ्य सेवा तर्फ एक अर्व १० करोड, आर्यकर तर्फ २६ करोड ९४ लाख, भ्याटतर्फ १५ करोड ९९ लाख, व्याज कर तर्फ ३ करोड १४ लाख रुपैया राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत डम्मरु प्रसाद पराजुलीले जानकारी दिए ।

गत आर्थिक वर्ष ०७९÷८० असार देखी पुस सम्म राजस्व असुली मध्ये अन्तशुल्क तर्फ ३ अरव ९४ करोड, आयकर तर्फ २२ करोड ७ लाख, भ्याट तर्फ १३ करोड ९८ लाख, व्याज कर तर्फ २ करोड ६६ लाख र स्वास्थ्य सेवा तर्फ १ अर्ब १६ करोड राजश्व उठेको आन्तरिक राजश्व कार्यालय तनहुँका प्रमुख कर अधिकृत पराजुलीको भनाई छ ।

आन्तरिक राजश्व कार्यालय दमौलीको तनहुँ, गोरखा, लमजुङ र मनाङ गरी ४ जिल्ला कार्यक्षेत्र रहेको छ । कार्यालयलाई आर्थिक वर्ष ०८०÷०८१ मा कुल १५ अर्ब १० करोड राजश्व असुलीको लक्ष्य रहेको छ । गत वर्षको तुलनामा चालु आवमा ४० प्रतिशत बढी राजश्व असुलीको लक्ष्य बढेको कार्यालयले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.