प्रेस चौतारी नेपाल तनहुँ शाखाले हरेक वर्ष प्रदान गर्दे आईरहेको क्रियाशिल पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल तनहुँ शाखाको उपाध्यक्ष कृष्णचन्द्र न्यौपानेलाई प्रदान गरिने भएको छ । शाखा अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा वसेको वैठकले प्रेस चौतारी क्रियाशित पत्रकारिता पुरस्कार न्यौपानेलाई दिने निर्णय गरेको हो ।
१० हजार राशीको पुरस्कार हरेक वर्ष चौतारीले जिल्लामा रहेर क्रियाशिल पत्रकारिता गर्दे आएको पत्रकारलाई प्रदान गर्दे आएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले मरेर वाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रर्दशन गरि वचेको रकमवाट अक्षयकोष स्थापना गरि हरेक वर्ष क्रियाशिल पत्रकार पुरस्कार वितरण गर्दे आईरहेको छ । यसअघि पनि शाखाका पुर्व अध्यक्षहरु विश्ववन्धु भण्डारी, प्रेम प्रसाद पौडेल, नारायण खड्का, वसन्ती वास्तोला उक्त पुरस्कार वाट पुरस्कृत भईसकेका छन् ।

पुरस्कृत न्यौपाने लोकवाणी दैनिकका वरिष्ठ संवादाता, राष्ट्रिय समाचार समितीका जिल्ला सम्वाददाता तथा खवरपुन्ज अनलाईनका कार्यकारी सम्पादक समेत हुन् ।

यसैगरि प्रेस चौतारी नेपालको २६ औ वार्षिकोत्सवको अवसर पारेर प्रेस चौतारी नेपाल तनहुँ शाखाले व्यास ५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संचालित जेष्ठ नागरिक चौतारी वृद्धाश्रममा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षता राजकुमार श्रेष्ठ विविको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीले वृद्धाश्रममा फलफुल वितरण गरेको हो ।








