म्याग्दे गाँउपालिकाले एकीकृत घुम्ति शिविर संचालन गर्ने



म्याग्दे गाँउपालिकाले एकीकृत घुम्ति शिविर संचालन गर्ने भएको छ । फाल्गुण २१ गते देखि चैत्र ८ गते सम्म संचालन हुने एकीकृत घुम्ति शिविर पालिकाको सवै वडाका विभिन्न टोल वस्तीहरुमा संचालन हुनेछ ।
जस अन्तरगत, फाल्गुण २१ र २२ गते वडा नं ३, मा २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, फाल्गुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ मा वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा शिविर संचालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा विज्ञप्तीमा जनाएको छ ।
पालिकाले ०७९ सालमा पनि एकीकृत घुम्ति शिविर संचालन गरेको थियो भने त्यसपछि पनि विभिन्न प्रकारको शिविरहरु संचालन गर्दे आईरहेको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.