अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा म्याग्दे गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा आयोगका कार्यलय प्रमुख असमान तमाङको प्रमुख आतिथ्यतामा भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको कार्यलय प्रमुख असमान तमाङले अख्तियारको नियमित प्रक्रिया अन्तरगत स्थानिय तह, प्रदेश र केन्द्रमा हुने भष्ट्राचारको उजुरी र प्रक्रियाको वारेमा जानकारी गराएका थिए । अख्तियारमा उजुरी पर्ने, त्यसको गोप्यअनुसन्धान हुने, उजुरीको प्रकृति अनुसार अनुसन्धान कसरी हुन्छ भन्ने कुरा वताएका थिए ।
अख्तियारमा हुने उजुरीमा चरणवद्ध रुपमा अनुसन्धान हुने हुदाँ अख्तियारले सोधेको प्रश्न स्पष्ट रुपमा दिनुपर्ने वताए । गोलमटोल जवाफले नहुने हुदाँ स्पष्टीकरण चित्त नवुझे आयोगले वोलाउने समेत बताए । भष्ट्राचार विहिन समाज निर्माण नै अख्तियारको उद्येश्य भएको बताए ।

जनप्रतिनिधी र कर्मचारीको ईमान्दारिताले नै सदाचार, निष्पक्षता र निर्भिकता प्राप्त हुने हुदाँ पदीय जिम्मेवारी वहन गर्न सवै लाग्नुपर्ने प्रमुख तामाङले वताए ।
अन्तरक्रिया कार्यक्रममा कार्यलयका उपसचिव सन्तोष तिमल्सेनाले कार्यक्रमको विषयवस्तुको वारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा म्याग्दे गाँउपालिका भित्रका वुद्धिजीवि, नागरिक समाज, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष, शिक्षकवर्गहरु, पत्रकार, सहकारीको प्रतिनिधीहरुले अख्तियारको प्रक्रिया र यसको कार्यन्वयनको वारेमा प्रश्न सोधेका थिए भने कार्यलय प्रमुखले सहभागिहरुको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रमका अध्यक्ष एवं पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकामा हुने भष्ट्राचारजन्य कार्यमा शुन्य सहनशीलता अपनाएर काम गरेको वताए । जनताको विकास र परिवर्तन वाहेक केही नभएको हुदाँ सम्पुर्ण जनप्रतिनिधीहरु मिलेर विकास र जनतामा परिवर्तनको आभास हुने गरि काम गर्नुपर्ने श्रेष्ठले बताए । पालिकामा हुने वेथिती र विसंगतिको विरुद्ध आफु सधै चनाखो भएको हुदाँ भष्ट्राचारजन्य गतिविधि आफुलाई मान्य नहुने समेत अध्यक्षले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका वुद्धिजीवि, नागरिक समाज, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष, शिक्षकवर्गहरु, पत्रकार, सहकारीको प्रतिनिधी, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।









