तनहुँमा भव्यताका साथ ४२ औँ मगर स्थापना दिवस मनाइयो (फोटोफिचर)

तनहुँका मगर समुदायले ४२ औं मगर स्थापना दिवस दमौलीमा मंगलवार भव्यताका साथ मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको आयोजनामा जातीय पहिचान झल्कने ¥याली सहित दमौली बजारको परिक्रमा गर्दै मगर समुदायले धुमधामका साथ मगर दिवस मनाएका हुन् । मौलिक पोसाकमा सजिएका मगर समुदायका युवायुवतीले कौरा नाच, लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत गाउँने, पञ्चे बाजा बजाउँदै दमौली बजार परिक्रमा गरेका थिए । सांस्कृतिक ¥यालीमा मगर समुदायका युवायुवती र पाका पुस्ताको सहभागिता थियो । मौलिक कला संस्कृतिको संरक्षण र युवापुस्तामा संस्कृतिक हस्तान्तरणमा टेवा पुग्ने उद्धेश्यले सास्कृतिक कार्यक्रम तथा झाकी प्रर्दशन गरेका थिए ।

मगर समुदायको संस्कृति झल्कने पहिरन सहित तनहुँको सदरमुकाम दमौलीको अनसनचोकबाट निस्केको ¥यालीले बजार परिक्रमा पछि खुला चौरमा कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको गण्डकी प्रदेशको उपसभामुख बिनाकुमारी थापाले उद्घाटन गरिने सो असरमा थापाले सस्कृति देशको पहिचान भएकोले संरक्षण गर्न सबैजना एकजुट भएर लाग्नु आवश्यक रहेको बताइन् ।गण्डकी प्रदेश उपसभामुख थापा मगरले राजनीति र प्रशासनिक क्षेत्रमा मगर जाति पछाडि परेको बताउदै आगामी दिनमा यसतर्फ पनि अगाडि बढ्नुपर्ने भनाई राखिन् । मगर समुदायले आफ्नो कला र संस्कृतिको रक्षा गर्दै आगामी राजनीतिक क्षेत्रमा समेत अगाडि बढ्नुपर्ने उनको भनाई थियो । राजनीतिमा जुन पार्टीमा आस्था भएपनि मगर समुदाय संगठित हुनुपर्ने आवश्यकता रहेको गण्डकी प्रदेश उपसभामुख थापाले बताइन् ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष खड्ग सिंह थापा मगरको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल मगर संघका सल्लाहकार एवं कार्यक्रमका प्रमुख वक्ता केशव सुर्यवंशीले मगर जातीको ईतिहास हक अधिकार लगायतका विषयमा भनाई राख्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघका सल्लाहकार यम बहादुर आले, रिसिङ गाउँपालिकाका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठ र घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, नेपाल मगर संघ केन्द्रीय निर्वाचन मण्डल सदस्य शिद्दान्त गर्जा मगर लगायतले नेपालको संविधान २०७३ ले राजनीतिक, सास्कृति अधिकार सबै जातजातिको लागि दिएकोले त्यसको प्रयोग गर्नमा ध्यान दिनु पर्ने बताए । नेपाल मगर संघ तनहुँकी उपाध्यक्ष मिना थापाले स्वागत गरेको कार्यक्रमको सहजीकरण संघका सचिव केहर सिंह आले बादलले गरेका थिए । कार्यक्रमको अवसरमा संघका पूर्व पदाधिकारी एवं सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.