म्याग्देमा एकिकृत घुम्ति शिविर शुरु (फोटोफिचर)


स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार- कृषि,पर्यटन र पुर्वाधारलाई मुल आधार वनाएको म्याग्दे गाँउपालिकाले एकिकृत घुम्ती शिविर शुरु गरेको छ । पालिकाभित्रका ७ वटै वडाका टोलस्तरमा संचालन हुने शिविर फागुण २१ गते देखि चैत्र ८ गते सम्म चल्नेछ ।
घुम्ति शिविरको उद्घाटन गर्दे म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका जनताको सेवामा सर्देव क्रियाशिल रहने वताए । जनताका विकास निर्माण र आवश्यकताको विषयमा यसअघि पनि पहिलो चरणको घुम्ति शिविर संचालन गरेर हजारौ जनतालाई सेवा दिईसकेका छौ भने त्यसपछि पनि मृगौलाको परिक्षण, पाठेघरको परिक्षण पनि संचालन गरिसकेका छौ, अध्यक्ष श्रेष्ठले वताए । जनतासँग सधै साधक वन्ने अभिलाषा पालिकाको भएको हुदाँ आम जनताको आवश्यकता र चासोमा सर्देव लागिरहने समेत अध्यक्ष श्रेष्ठले वताए ।त्यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जनताको सेवा भन्दा ठुलो अन्य केही नभएको हुदाँ जनजिविकाको विषयमा पािलका सधै गम्भिर भएको वताए । सवैको साथ र सहयोगले मात्र पालिकास अगाडी वढ्ने हुदाँ विकास निर्माण र आवश्यकतामा साथ दिन आग्रह गरे ।


त्यसैगरि पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले पालिकाको एकमात्र अभिष्ट भनेको जनतासँगको साक्षात्कार भएको वताए । जनताको स्वास्थ्य सेवामा पालिकाको विशेष ध्यान दिएको हुदाँ यसअघि पनि मृगौला परिक्षण, ३ दिने क्यान्सर परिक्षण शिविर, एकिकृत घुम्ति शिविर संचालन गरिसकेको वताए । पालिकाले दिने एकीकृत सेवा वडाको टोल टोलमा दिईएको हुदाँ सवैलाई शिविरमा सहभागी भएर सेवा लिन समेत अधिकृत अधिकारीेले वताए ।


वडाको टोल स्तरमा संचालन हुने घुम्ति शिविर फागुण २१ र २२ गते वडा नं ३ मा, २३ र २४ गते वडा नं ४ मा,२७ र २९ गते वडा नं ५ मा, फागुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ गते वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ति शिविर संचालन हुनेछ । शिविरमा स्वास्थ्य परिक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पन्जिकरण शाखा अन्तरगतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायत सम्पुर्ण सेवा उपलव्ध हुने पालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.